शनिबार, वैशाख ८, २०८१

महासमिति बहस- कांग्रेसलाई कसरी ब्युँताउने ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं- कांग्रेसको महासमिति बैठक काठमाडौंमा जारी छ। पार्टी शुद्धिकरण तथा पुनरसंरचनाबारे विभिन्न कोणबाट बहस भइरहेको छ। महासमिति सदस्यहरू गुटबन्दीलाई मलजल गर्ने नेतृत्वविरुद्ध संगठित रुपमा खनिएका छन् । उनीहरुले एउटा अभियान लिएर जनतासमक्ष जानुपर्ने र कांग्रेसजनलाई तरंगित गनुपर्ने बताएका छन् ।

प्रस्तुत छ महासमिति बैठकमा भाग लिइरहेका केही सदस्यहरूसँग नेपाल समयका लागि मित्र भण्डारीले गरेको कुराकानीका सम्पादित अंशहरु :



रामहरि खतिवडा, ओखलढुंगा

नेपालको राजनीतिक इतिहासमा कांग्रेसको भूमिका सबैभन्दा ठूलो छ। अरुले गर्न नसकेका काम कांग्रेसले गरेको छ। संविधान निर्माण, संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचन कांग्रेसले नै गराएको हो । अरू पार्टीले गर्न नसकेको काम नेपाली जनताले जिम्मेवारी दिएका बखत पूरा गर्ने पार्टीको नाम नेपाली कांग्रेस हो। सबै काम पुरा गर्दागर्दै पनि यतिवेला हामी दोस्रो पार्टी बनेका छौं।

पार्टीभित्रको गुटउपगुट निर्मूल पार्दै कांग्रेसलाई चार वर्षमा पहिलो र प्रिय पार्टी बनाउन पहल गर्नुपर्ने के–के हुन्? विधानमा केके संशोधन गरी जनताका बीचमा लाँदा कांग्रेस प्रिय हुन्छ ? पार्टीमा बढीभन्दा बढीलाई अटाएर कसरी लाभान्वित गराउन सकिन्छ ? युवालाई कसरी अवसर दिन सकिन्छ ? हिमाल, पहाड र मधेसलाई कसरी बराबर अधिकार दिन सकिन्छ भन्ने खालको विधान बनाएर गुटउपगुटको राजनीति अन्त्य गर्न महासमिति बैठक सफल हुनेछ।


उत्तरबहादुर ऐर, बैतडी


नेपालको संविधान २०७२ जारी भइसकेपछि कांग्रेसको संगठनको संरचना विधानसम्मत बनाउन बाँकी थियो। स्थानीय तह, प्रदेश र केन्द्रको त छँदै छ। त्यसअनुसारको संरचनाका लागि पार्टीको विधान परिवर्तन हुन्छ । त्यसपछि पार्टीको स्वरुप तयार हुन्छ। देशभित्र उद्योग कलकारखाना अगाडि बढ्नुपर्नेमा त्यो भएको छैन। युवा पलायन हुनु परिरहेको छ।

कांग्रेसले युवाका लागि उद्यमशीलतको नीति बनाउनेछ। पार्टीमा एकता आवश्यकता छ। निर्वाचनको पराजयको समीक्षा गर्दैै कांग्रेसले आगामी निर्वाचनको तयारीका लागि पनि छलफल गर्नेछ। कांग्रेसको महाधिवेशन हुने सम्भावना छ। त्यसका लागि पनि कांग्रेसले एकताको सन्देश लिएर अगाडि बढ्नेछ। 


रोहितकुमार साह, झापा

संविधानअनुसार तीन तहका सरकार निर्वाचित भएका छन्। अब हाम्रो सांगठनिक संरचना पनि परिवर्तन गर्नुपर्छ। कांग्रेसले ठोस नीति निकालोस्। जनताको पक्षमा नीति ल्याओस्। बेरोजगारविरुद्ध ठोस नीति ल्याओस्।

किसानको हितमा नीति ल्याओस्। कांग्रेस विधानलाई पनि परिवर्तन गरेर अगाडि बढोस्। हाम्रो प्रदेशको संरचना छैन। प्रदेशको सबै ठाउँमा महामन्त्री वा सहमहामन्त्री नियुक्ति हुनुपर्‍यो। हामीले समावेशी ढंगले संगठन अगाडि बढाउनुपर्‍यो। 


सीता देवकोटा, पाल्पा 


महासमितिको बैठक गौरवमय परिस्थितिमा छ। यसले नेपाली कांग्रेसमा ऊर्जा थप्नेछ। यसले आगामी दिनमा हुने आमनिर्वाचनमा नेताकार्यकर्ता एकताबद्ध बनाएर लैजान यो बैठकले महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा म विश्वस्त छु।

कांग्रेसलाई धेरै गुटउपगुटले गाँजेको छ। गुटउपगुट अन्त्य गर्नुपर्छ र पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ भन्नेमा नेताहरू विश्वस्त हुनुपर्छ भन्ने मलाई लाग्छ। अर्को कुरा नेता र व्यक्तिको होइन कांग्रेसको विधान बनाउनुपर्छ । कांग्रेसको विधान बन्यो भने सबै तहका साथीहरुले नेपाली कांग्रेसको विधान मेरो पनि विधान हो भनेर अपनत्व महसुस गर्नेछन् । त्यही विधानले कांग्रेसलाई गाउँदेखि केन्द्रसम्म ऊर्जाको सञ्चार गर्नेछ । 


भीम श्रीश मगर, बागलुङ

नेपाली कांग्रेसले संविधान बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्‍यो । पार्टीको संरचना पुरानै विधानअनुसार चलिरहेको छ। पार्टीको विधानलाई अहिलेको संरचनाअनुसार परिवर्तन गर्ने उद्देश्यले अहिले ऐतिहासिक महासमिति बैठक आयोजना भएको छ। यसले समाजवाद उन्मुख राजीतिक प्रस्ताव ल्याओस्। संघीयता कार्यान्वयनका लागि पनि कांग्रेस अग्रसर हुन जरुरी छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।