शुक्रबार, वैशाख ७, २०८१

गण्डकीमा एमालेको छाया सरकार

एमालेले गण्डकी प्रदेशमा छाया सरकार गठन गरेको छ। यद्यपि एमालेले यसलाई संसदीय समूह भनेको छ। एमाले संसदीय दलअन्तर्गतको संसदीय बोर्डको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको हो।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

काठमाडौं– एमालेले गण्डकी प्रदेशमा छाया सरकार गठन गरेको छ। यद्यपि एमालेले यसलाई संसदीय समूह भनेको छ। एमाले संसदीय दलअन्तर्गतको संसदीय बोर्डको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको हो। दलका प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार समितिले विषयगत मन्त्रालयका कार्यप्रगति हेर्नेछन्। प्रदेशमा ११ मन्त्रालय छन्। उनले भने, ‘नौ वटा समितिले सबै मन्त्रालयको काम हेर्ने गरी संसदीय समूह बनाएका छौं।’

triton college

संसदीय समूहले मन्त्रालयका बजेट, योजना, कार्यान्वयन  हेर्ने जिम्मेवारी पाएका छन्। भौतिक पूर्वाधार, विकास तथा यातायात समूहको संयोजक पूर्वमन्त्री रामशरण बस्नेत छन्। उनको समूहमा रोशन गाहामगर र प्रभा कोइराला सदस्य छन्।

गण्डकीमा एमाले नेतृत्वको सरकार जेठ २७ गते ढलेको थियो। एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संसदमा विश्वासको मत नपाएपछि कांग्रेस नेतृत्वको चार दलीय गठबन्धनको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन्। 

सामाजिक विकास समूहको संयोजकमा नरदेवी पुन मगर छिन्। जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट सदस्य चुनिएका छन्। उद्योग, पर्यटन, वन तथा वातावरण समूहको संयोजकमा विकास लम्साल छन्। समूहको सदस्यमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार रहेको प्रमुख सचेतक अधिकारीले बताए।

कानुन, सूचना सञ्चार, प्रदेश मामिला समूहको संयोजक चन्द्रमोहन गौचन छन् भने सदस्यमा पुष्पा केसी भण्डारी चुनिएकी छन्। इन्द्रलाल सापकोटाको नेतृत्वमा रहेको अर्थ समूहमा कृष्णबहादुर थापा सदस्य छन्। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् समूहको संयोजकत्व मोहनप्रसाद रेग्मीले गर्नेछन्। समूहमा मायानाथ अधिकारी र मीना गुरुङ सदस्य छन्। भूमि, व्यवस्था,कृषि समूहको नेतृत्व मित्रकुमारी गुरुङले गरेकी छन्। समूहमा मनबहादुर गुरुङ र महेन्द्र थकाली सदस्य छन्।  ऊर्जा, खानेपानी समूहको संयोजक मीनप्रसाद गुरुङ छन् भने धनञ्जय दवाडीलाई समूह सदस्य बनाइएको छ। स्वास्थ्य, जनसंख्या, युवा तथा खेलकुद समूहको संयोजकत्व राजीव पहारीलाई दिइएको छ। समूहको सदस्यमा जूनादेवी नेपाली र सावित्रा राना मगर छन्। 

corrent noodles
Metro Mart

गण्डकीमा एमाले नेतृत्वको सरकार जेठ २७ गते ढलेको थियो। एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संसदमा विश्वासको मत नपाएपछि कांग्रेस नेतृत्वको चार दलीय गठबन्धनको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन्। 

प्रकाशित: Aug 14, 2021| 18:38 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...