शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको बन्दसत्र : नेतृत्वप्रति यसरी खनिए प्रतिनिधिहरू 

कांग्रेसको बन्दसत्र : नेतृत्वप्रति यसरी खनिए प्रतिनिधिहरू 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-नेपाली कांग्रेसको महासमिति बैठकको बन्‍दसत्रमा प्रतिनिधिहरूले नेतृत्वप्रति चर्को गुनासो, आक्रोस र असहमति पोखेका छन्।  आइतबारको बन्द सत्रमा चार मिनेटमात्र बोल्न पाएका महासमिति सदस्यहरुले नेतृत्वप्रति तिक्ततापूर्ण गुनासो र आक्रोस पोखेका हुन्। पार्टी संस्थापन पक्ष ठीक ढंगले नचलेको भन्दै पूर्वमन्त्री एबम् नेपाली कांग्रेस पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरीले भने 'सभापति देउवा संसदीय राजनीतिमा पावरको राजनीति गर्न योग्य भएको भन्दै प्रतिरक्षा गर्नुभएको थियो।'

संविधानसभाका पूर्वसभासद राजिपविक्रम शाहले विश्व २१ औं शताब्दीमा प्रवेश गरेको भएपनि कांग्रेस भने १९ औं शताब्दीको पुरातनबादी संस्कार र पद्धतिमा चलिरहेको बताए। ‘कम्युनिष्टले देश र राज्यसत्ता कब्जा गरिसक्यो हामी भने पार्टी र पद कब्जा गर्न तयारी गर्दैछौं’, शाहको भनाई उधृत गर्दै एक सहभागीले भने, ‘नेतृत्व बर्गमा शताब्दी सुहाउँदो र सोच र कार्यशैली भएन।’

महासमिति सदस्य तथा तरुण दलका नेता नारायणप्रसाद भट्टराईले संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान जारी गर्न नेतृत्व लिएका पार्टी सभपाति शुशील कोइुरालाले चुनाव जितेको चितवन र बाँकेमा हसिँया, हथौडा र हलोमा भोट हाल्न लगाएर उनको अपमान गरेको जिकिर गरे।

भट्टराईले सहमतिको राजनीतिलाई भत्काउन २०७२ सालमा तत्कालिन प्रधानमन्त्री कोइरालालाई पुन प्रधानमन्त्रीमा उम्मेदवार बनाएर हराएबाटै कांग्रेस कमजोर भएको बताए। उनले स्थानीय तहको निर्वाचनमा हँसिया हथौडा र संसदीय निर्वाचनमा हलो, छाता र मसालमा भोट हाल्न लगाउनुको कारण नेतृत्वले जवाफ दिन माग गरे। 

पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाले पार्टीको आवश्यकता के हो र आन्तरिक एकता किन जरुरी छ भनेर सोच्नु पर्छ। असल काम गर्न नेतृत्वले अरुलाई पर्खनु  नपर्ने बताए। उनले बैचारिक समूहको आवश्यकता भएको, ध्यान  गर्ने, शान्ति कायम गर्ने र सहकारी संघको नेतृत्व फिर्ता गर्नु पर्ने धारणा राखेका थिए। 


बेल्जियमकी सीता सापकोटाले आफ्नो गाँसा काटेर गरेको सहयोग बिर्सिएको र एकजनता पदाधिकारीलाई खुसी बनाउन नसक्दा पार्टीको हितामा लागे पनि पद खोस्ने काम भएको गुनासो गरिन। यूवालाई रोजगारी दिने र उत्पादनशील कार्यक्रम ल्याउन सक्नु पर्छ। 

रुपन्देहीका दलबहादुर विश्वकर्माले न्यायपूर्ण व्यवहार र वितरणमा अवसर पाउनु पर्ने माग गरे। नेपाल अपाङ्ग संघका भोजराज श्रेष्ठले राजनीतिक प्रस्तावले अपाङ्गता भएका समुदाय र कार्यकर्तालाई समेट्न नसकेको गुनासो गरे। उनले भने ‘३० लाख अपाङ्ग छन्, तर उनीहरुको बारेमा आर्थिक प्रस्तावमा पनि केही बोलिएको छैन।’

आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा पूर्वसभासद् नगेन्द्र कुमालले कर्मको नाममा राजनीति संभव नभएको तर्क गरे। उनले भने ‘सर्वधर्म सम भावको नीति लिनु पर्छ। हाई एण्ड लाईट अर्थात सर्वोच्च शिखर सगरमाथा र लाईट भन्नाले गौतम बुद्धको प्रचार गर्नुपर्छ। पूर्वमन्त्री रुकुमका गोपालजी जंग शाहले पार्टी नेतृत्वको गुटबन्दी वडातहसम्म पुग्यो। मन, बचन र कर्मले एकता गरौं भनी सुझाव दिए। उनले पार्टी  संस्थापन पक्षको बचाउ गर्दै देश कब्जा गर्ने कि पार्टी कब्जा गर्ने?’ भनी प्रश्न गरेका थिए।  बर्दियाका महेन्द्र  तिवारीले कांग्रेस चुनावमा नहारेको भन्दै नेतृत्वले नातावाद, धनवाद, डनबाद र दम्भका कारण चुनाव हारेको बताए।

सिन्धुलीकी सुशीला थिङले कांग्रेसमा जनमतको सम्मान नगरेको र केन्द्रीय नेताको वरिपरी घुम्नेले मात्र अवसर पाएको भनी गुनासो व्यक्त  गरिन् । नवलपुर गैंडाकोटका विष्णु कँडेलले कांग्रेसको मान्छे हुने, नेता गाउँमुखि हुने र आसेपासे एवम् परिवारको भर्ती पार्टीमा नगर्ने आचारण, नैतिकता र अनुशासनमा बस्ने र बसाउने पूणाली स्थापनाको माग गरे। 

कडेलले पार्टीको नेतृत्वको चयन सबै पदमा निर्वाचनबाटै हुनु पर्ने र एक व्यक्ति एक पदको प्रणाली लागू गर्नु पनै बताए। दोलखाकी बिनिता अधिकारीले विधान नराम्रो नभए पनि कार्यकर्तालाई वास्था नगर्ने नेताका कारण पार्टी कमजोर भएको बताईन। उनदले आसेपासेलाई टिकट दिइएको र भातृ संगठनले चन्दा संकलन गर्ने अभियान थालेर बदनाम गरेको बताइन्।
 
पाल्पाकी रुपा बिकले पार्टीले चुनावमा पराजय बेहोरेको जिम्मा नेतृत्वले लिनु पर्ने बताईन। उनले समाजवाद व्यवहारमा देखाउन, कागज र भाषणामा मात्र सीमित नराख्न आग्रह गरिन उनले आरक्षण कोटाको दूरुपयोग भएको भन्दै एकै व्यक्तिले नेताको वरिपरी घुमेको भरमा आरक्षणको नाममा बारम्बार अवसर पाईरहेको भन्दै नेतृत्वको आलोचना गरिन्। 

पूर्वसांसद शम्भू हजारा पासवानले दलितको सीप र कला प्रवद्र्धन गर्ने विसे नगर्चीको उदाहरणलाई पार्टीले विर्सिएको बताए। 

चितवनका दिनेश कोइरालाले कांग्रेसले नियत र संस्कार नफेरि सरकार मात्र फेर्नमा व्यस्त हुँदा कार्यकर्तामा विश्वास नजागेको बताए। उनले संगठन बलियो बन्न नसकेको र शीर्ष नेताले पार्टीलाई विधि अनुसार चलाउँछु भनेर संकल्प गर्नु पर्ने बताए। उनले भने ‘धार्मिक स्वतन्त्रताको अडानबाट हामी पछि हट्न हुँदैन्।’

पार्टीका पूर्वकेन्द्रीय सदस्य रामचन्द्र तिवारीले पार्टीमा न्याय पद्धति मर्न थालेको, पार्टीमा बर्सौंदेखि दुख कष्ट सहेर काम गरेको कार्यकर्ताले कुनै अवसर नपाउँदा व्यापरी भएकै नाताले रातारात कांग्रेस भएका बिनोद चौधरीलाई सांसद बनाइएको भनी गुनासो गरे। उनले मधेशमा कोसँग कस्तो सम्झौता भयो? भनी प्रश्न गरे। 

पूर्वसभासद् ललितजंग शाहीले मधेश मधेशीवादी दलको, पहाड वामपन्थीहरुले कब्जा गरेका थिए, संविधानसभाको पहिलो निर्वाचनमा। अव कांग्रेसलाई राख्ने कि नराख्ने?नेतृत्वले सोच्ने बेला आएको बताए। 

नेविसंघका अध्यक्ष नैनसिंह महरले केन्द्रीय सदस्यहरुको सम्पति विवरण सार्वजनिक गर्नुपर्ने माग गरे पूर्वसांसद रामनाथ अधिकारीले महासमिति बैठकको खुल्ला सत्र एउटा बन्द कोठामा गर्नु लाजमर्दो स्थिति भएको जनाउँदै वार्ड बाटै केन्द्रीय सदस्य र पदाधिकारी निर्वाचित गर्ने व्यवस्था गर्न माग गरे। 



उनले आगामी १४ औं महाधिवेशन आगामी फागुनबाट शुरु गरी चैत, २०७६ मा गर्न माग गरे। ‘महासमितिको सख्या कति हो? पर्यवेक्षकको संख्या कति हो? जानकारी चाहियो’ भनी माग गरे। 

पूर्वमन्त्री हस्त बहादुर मल्लले सबै पदाधिकारी र सदस्यको कार्यकाल २ पटकसम्म मात्र राख्ने र सबै पदमा निर्वाचनबाटै सदस्यहरु चयन गर्ने व्यवस्था गर्न माग गरे। उनले कम्युनिष्टको शाषन यतिवेला जहानियाँ शासन जस्तै भएको भन्दै  धर्मनिरपेक्षतामा एक पटक सोच्न माग गरे। 

धनुषाका कुमारकान्त झा, पूर्वमन्त्री सुरेन्द्र चौधरी, रुकुमका पूर्वसभापति मानबहादुर नेपाली,  चिरञ्जीवि शर्मा, बजरंग नेपाली, कृष्णचन्द्र नेपाली, तेह्रथुमका तुलसी सुब्बा, अवला गुरुङ, राजदेव साह,नरेन्द्रबहादुर सिंह, झकबहादुर डाँगी, प्रेम विसी, सरस्वती तिवारी, पदमबहादुर शाही बाजुरा, दिनेश राई खोटाङ,  ऋषिकेशजंग शाह सल्यान, कोपिला रानाभाट काश्की, सुमित्रा पौडेल कपिलवस्तु, धनबहादुर मास्की, भूपूसैनिक संघ, सञ्जय सन्तोषी राई धनकुटा र सांसद अनिता देवकोटा, विष्णुपरियार चितवन, कृष्णप्रसाद न्यौपाने सिन्धुपाल्चोक, गणेश विष्ट अछाम र सीता सापकोटा बेल्जियमले नेतृत्वले कार्यकर्ताको मुल्याङ्कन गर्न नसकेको गुनासो गरे। 



तस्बिर : दिनेश विक्रम शाह ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।