काठमाडौं – दियालो साहित्य सरगमले आयोजना गरेको कार्यक्रममा गजल गुञ्जिएका छन्। शनिबार राजधानीको कोटिल्य बोर्डिङ्ग स्कुलमा आयोजित कार्यक्रममा दुई दर्जन बढी गजलकारहरुले रचना बाचन गरेका छन्।
‘सिर्जना र स्वरहरु’ नारा दिइएको कार्यक्रममा उत्तम विचार, व्रदी उप्रेती, वसन्त ओली ‘असली’, हरि कुमार पुन, लुमत्ति चित्रकार, प्रकाश सुवेदी लगायतका स्रष्टाले गजल बाचन गरेका थिए।कार्यक्रममा बोल्दै बरिष्ठ साहित्यकार प्रा.डा. सनतकुमार वस्तीले वर्तमान सयमा उर्जाशिल गजल आइरहेको बताए। उनले गजलको बहाव र गुणस्तरिए गजलले आफुलई हर्षित तुल्याउने गरेको बताए।
समाजकी अध्यक्ष शान्ति शर्माले गजलको विकासका लागि यो कार्यक्रम आयोजना गरिएको बताएकी छन्। उनले प्रत्येक महिनाको अन्तिम शनिवार सरगमले गजल वाचन कार्यक्रमको आयोजना गर्दै आएको बताइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४