बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ​​​​​​​काजक्रियाबाट फर्किँदा दुर्घटना :१८ जनाको मृत्यु, १७ घाइते

​​​​​​​काजक्रियाबाट फर्किँदा दुर्घटना :१८ जनाको मृत्यु, १७ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल समयले शनिबार बिहानसम्म भएका घटना तथा सूचनाहरको संगालो बिहानी बुलेटिन सार्वजनिक गर्ने गरेको छ। जसमा रातिभरी भएका गतिविधि र शनिबार प्रकाशित पत्रपत्रिकाका सामाग्रीहरु समावेश गरिएका छन्।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीमा आज साँझ मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते १७ जना घाइते भएका छन्। 

दुप्चेश्वर गाउँपालिका-६ सिम्टाङबाट घ्याङफेदीको सिसीपुतर्फ गइरहेको बा३ख ३९१३ नं को मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए। उनका अनुसार दुर्घटनामा तीन महिला र १५ पुरुषको मृत्यु घटनास्थलमा नै भएको हो। मृतकमध्ये घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेँशीका रितेश पण्डितको सनाखत भएको छ। 

गाडीमा ४० भन्दा बढी व्यक्ति सवार रहेको बताइएको छ । सिम्टाङस्थित आफन्तकहाँ आयोजित घेवामा सहभागीलाई बोकेर फर्किरहेको गाडी साँझ पाँच बजेतिर दुर्घटनामा परेको थियो। कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना भई सडकबाट झण्डै ५०० मिटर तल तादी खोलामा खसेको थियो । 

घरधनी सांसदलाई घरभाडा

राजधानीमा घर हुने सांसदले नै घर छैन भनेर सांसद सचिवालयबाट महिनैपिच्छे घर भाडा लिने गरेका छन्। यस्तो सुविधा लिनेमा उद्योगी, व्यापारी र दलका चर्चित नेता छन्। मन्त्रीक्वार्टरमा बस्नेदेखि संसदीय समितिका सभापतिले यसरी रकम लिइरहेका छन्। नेपाली कांग्रेसका नेतासमेत रहेका भिमसेन दास प्रदान काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित  सांसद हुन्। उनी काठमाडौं महानगरपालिका-२७ का स्थायी बासिन्दा हुन्। यसअघि रक्षामन्त्री हुँदा सार्वजनिक गरेको सम्पति विवरण अनुसार उनको काठमाडौंमा उनको सगोलको घर छ। तर, उनले २०७४ देखि नियमित घरभाडा लिइरहेका छन्। 

घरभाडा लिने सूचीको २३५ नम्बरमा नकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ छन्। संविधानसभा अध्यक्ष र रुपान्तरित संसदको सभामुख हुँदा उनी बालुवाटास्थित सरकारी निवासमा बसे। बालुवाटास्थिर रसियन दूतावासपछाडि उनले घर किने। अहिले पनि त्यही बस्छन्। तर संसदबाट नियमित घरभाडा लिइरहेका छन्। यी लगायत तीन कक्षा पास भएर तीनै शिर्षकमा समाचर पनि कान्तिपुर दैनिकमा छ।

तजबिजको छ अर्बको योजना

संघीय संसदले तजबिजमा करिब ६ अर्बको योजना  बाँडफाँट गरेको छ। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत मुलुकको एक सय ६५ निर्वाचन क्षेत्रबाट संघीय संसद्‍मा निर्वाचित सांसदले यसरी योजना बाँडफाँट गरेका हुन्। संघीय संसद, प्रदेश संसद्, स्थानीय तहका जनप्रतिनिधिबीचको समन्वयमा बजेटका लागि योजना वितरण गर्ने व्यवस्था भए पनि संघीय संसदले आफू गरेको हो। त्यसैगरी बोझ बन्दै संस्थान शिर्षकमा अर्को समाचार छ। यी खबर आजको नागरिक दैनिकमा छ। 

हवाई बिमा ८ गुणा बढ्यो

अब हवाई यात्रु बिमा एक करोड ७७ लाख पुग्‍ने भएको छ। आईकाओका बहुसंख्‍यक सदस्य राष्ट्रले अनुमोदन गरिसकेको मन्ट्रिय महासन्धि नेपालमा पनि शनिबारदेखि लागु हुने भएको छ। नेपालको मन्ट्रियल महासन्धि दिवसका दिन यो लागू गरिने भएको हो। यो लागू भएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने ‍वायु सेवा प्रदायकले बिमाकं रकम बढाउन लागेका हुन्। यसअघि उनीहरुले २० हजार अमेरिकि डलर बराबरको  बिमाकं रकम प्रदान गर्दै आएका थिए। यो खबर आजको दि हिमालयन टाइम्स र अन्नपूर्ण पोस्टमा छ।

कांग्रेसमा कचिंकल

कांग्रेसमा शिर्ष नेताहरुबीच देखिएको किचलोले महासमिति बैठक प्रभावित हुने भएको छ। चुनावपछि थालिएको पार्टीलाई पुर्नजीवन दिन डाकिएको भेलाको मुख्य एजेन्डा यसकै घानमा परेको छ। महासमिति सुरु हुनु अघिल्लो दिन शुक्रबार रातिसम्म पनि मतैक्य हुन सकेको छैन। बैठक महासमितिको उद्‍घाटनपछि फेरि शनिबार बस्‍ने भएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ।

६ वर्षपछि कांग्रेसको महासमिति बैठक राजधानीमा सुरु हुँदैछ। महासमितिलाई पार्टीको नीति निर्माण गर्ने वैचारिक थलोको रुपमा लिइन्छ। विधानमा प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था भएपनि पार्टीभित्रको विवादका कारण लामो समयदेखि हुन सकेको थिएन। यो खबर आजको सबै पत्रपत्रिकाले प्राथमिकताका साथ प्रकाशित गरेका छन्। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।