बिहीबार, वैशाख १३, २०८१

नारायण प्रधान पाँचौ कार्यकालका लागि अध्यक्षमा निर्वाचित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- शारिरीक सुगठनको माउ संस्था नेपाल व्यायाम मन्दिरको अध्यक्षमा नारायण प्रधान पाँचौं कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
२०१० सालमा स्थापित नेपाल व्यायाम मन्दिरको १८ औं साधारण सभा तथा निर्वाचनबाट अध्यक्ष प्रधान पाँच बर्षीय कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । 

संस्थाको हालको विधान अनुसार दुई कार्यकालका लागि मात्र अध्यक्ष हुन पाउने प्रावधान रहेको छ । तर प्रधान विधान संसोधन हुनु अघि पनि तीन कार्यकाल व्यायाम मन्दिरको अध्यक्ष भई सकेका छन् ।

यस्तै अजय बज्राचार्य व्यायाम मन्दिरको प्रथम उपाध्यक्षमा निर्विरोध चयन भएका छन् । उनी यस अघिको कार्यसमितिमा महासचिव रहेका थिए । यस्तै रत्नलाल मानन्धर पनि द्वितीय उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । व्यायाम मन्दिरको विधानमा दुई उपाध्यक्षको प्रावधान रहेकोमा संस्थालाई अझ चुस्त दुरुस्त राख्नका लागि विधान संसोधन गरि थप तीन उपाध्यक्ष नियुक्त गरिने अध्यक्ष प्रधनले जानकारी गराए । 

विधान संसोधन पश्चात दिनेश राजभण्डारी, नानीकाजी डङ्गोल र रविन्द्र कपालीलाई उपाध्यक्षमा चयन गरिने अध्यक्ष प्रधानले बताए । व्यायाम मन्दिरको महासचिवमा सूर्य प्रसाद जोशी ५२ मतका साथ निर्वाचित भए । 

उनका प्रतिद्वन्दि प्रतापकाजी बरियाले २७ मत प्राप्त गरे । यस्तै प्रशान्त सिंह आफ्ना प्रतिद्वन्दि ईश्वर श्रेष्ठ भन्दा ९ मत बढि प्राप्त गर्दै ४३ मतकासाथ कोषाध्यक्षमा निर्वाचित भए । ईश्वरले ३४ मत प्राप्त गरे । निर्वाचनमा कुल ८० मत खसेको थियो । जसमा एक मत बदर भएको थियो ।

यसैगरि व्यायाम मन्दिरको ६ सदस्यीय पदका लागि ८ जनाको उम्मेदवारी परेकोमा दिनेश श्रेष्ठ सर्वाधिक ७१ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भएका छन् । यस्तै अनिललाल श्रेष्ठ र रेण बहादुर बासुकलाले समान ६५ मत, रोशन महर्जन र निशान्त अमात्यले समान ५७ मत तथा ईश्वर खड्गीले ५४ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भए । 

अर्का उम्मेदवार संजीव श्रेष्ठले ४५ र राजन कुमार श्रेष्ठले ४३ मत प्राप्त गरे । निर्वाचित कार्यसमितिका सदस्यहरुलाई निर्वाचन आयुक्त घनश्याम मुखियाले प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनियताको सपथ गराएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।