मंगलबार, वैशाख ४, २०८१

आज होला त प्रधानन्यायाधीशको नाम सिफारिस ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमडाौं- भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि आज बिहीबार पुनः संवैधानिक परिषद्को बैठक बस्दै छ । 

राजनीतिक चलखेलका कारण पटक–पटक स्थगित हुदै आएको बैठक प्रधानन्यायाधीशको नाम सिफारिसकै लागि आज छैटौँ पटक बस्न लागेको हो ।

बिहान ९ बजेपछि सिंहदरबारमा बस्ने आजको बैठकले नाम सिफारिस गर्ने सम्भावना रहेको राष्ट्रिय सभाका अध्यक्ष तथा परिषद्का सदस्य गणेश तिमल्सिनाले जानकारी दिए ।

न्याय परिषद्ले दीपकराज जोशी र चोलेन्द्र शम्शेर राणको नाम सिफारिस गरेको छ । संवैधानिक परिषद्ले यिनै दुई मध्ये एकको नाम चयन गरेर संसदीय सुनवाई समितिमा पठाउने छ । जोशी एकपटक सुनुवाई समितिबाट अस्विकृत भैसकेकाले राणाको सम्भावना बलियो छ ।

जोशी की राणा भनेर पटक पटक दलहरुबीच बहस चलिरहेकै कारण परिषद्ले कुनै निर्णय लिन सकेको छैन् । बिपक्षी दल सहमती गरेर मात्रै नाम सिफारिस गर्नु पर्ने पक्षमा रहेको छ भने सत्तापक्षसँग जोडिएका सदस्यहरु भने सहमतिका नाममा परिषद्लाई अनिर्णयको बन्दी बनाउन नहुने अडानमा छन् ।  

यसअघि मंसिर १७ गते बैठक बसेपनि सिफारिसको निर्णय नगरी बैठक सकिएको थियो । २२,२५ र २६ गते बोलाइएको अर्को बैठक प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित बस्न सकेको थिएन । प्रधानन्यायाधीश मिश्रले आगामी पुस १७ गते उमेर हदका कारण अवकाश पाउदैछन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।