बिहीबार, वैशाख १३, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज मंसिर २६ गते बुधबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

 भाजपाको पराजयबाट  भारतीय राजनीति तरंगित

भारतका पाँचवटा प्रान्तहरु मध्यप्रदेश, छत्तिसगढ, राजस्थान, मिजोरम तथा तेलङ्गानामा हालै सम्पन्न विधानसभा चुनावमा सत्ता रुढ दल भारतीय जनता पार्टी (भाजपा)ले नराम्रो पराजय ब्यहोरेको छ। मध्यप्रदेश,  राजस्थान तथा छत्तीसगढ़ विधानसभा चुनावमा भाजपाले सत्ताबाट विमुख हुनु परेको छ। 

राजनीतिले थला पर्दै मध्यपश्‍चिम विश्वविद्यालय

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीले लगाएका नारा हुन् यी। दुई दिनअघि विश्वविद्यालयको गेटअगाडि नेपाल विद्यार्थी संघका नेता यज्ञ राम्जालीको अगुवाइमा उपकुलपति प्रा.डा.उपेन्द्र कोइरालाको राजीनामा माग्दै आन्दोलन सुरु भयो। 

प्रधानन्यायाधीश नियुक्तिमा यस्तो छ राजनीतिक चलखेल

नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रकियामा फेरि राजनीतिक चलखेल सुरु भएको छ। संवैधानिक परिषद्को बैठक विभिन्‍न बाहनामा चारपटक स्थगित भइसकेको छ। प्रधानन्यायाधीश नियुक्तिमा भइरहेको ढिलाइले न्यायालयमा समेत अन्योलको स्थिति पैदा भएको छ।

'कम्युनिस्टहरू महेन्द्रको संरक्षणमा हुर्किए, वीरेन्द्रसँग पनि मिले'

नेपाली कांग्रेसले दुईतिहाइ बहुमतको आडमा कम्युनिस्ट सरकारले लोकतान्त्रिक संविधानमाथि प्रहार गरिरहेको आरोप लगाएको छ। पार्टी उपसभापति विमलेन्द्र निधिले पार्टी केन्द्रीय कार्य समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा यस्तो आरोप लगाइएको छ ।

स्वयंवरमा सहभागी भएर लखनउ फर्के योगी, नेपालीमा गरे सुरुवाती सम्बोधन

रामजानकी विवाहोत्सव कार्यक्रम अन्तर्गत स्वयंभर कार्यक्रममा सहभागी भएर भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वदेश फर्किएका छन्। जनकपुरस्थित रंगभूमि मैदानमा आयोजना गरिएको स्वयंभर कार्यक्रममा सहभागी भएर योगी अपरान्ह ४ बजे उत्तर प्रदेशको राजधानी लखनउ फर्किएका हुन् । 

निर्मलाका लागि न्याय माग्दै प्रशासन अगाडी पुजा

निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नागरिक संघर्ष समितिले निर्मलाको आत्माको शान्तिको कामना गर्दै जिल्ला प्रशासन कार्यालय कन्चनपुरको गेट अगाडी पुजा गरिएको छ। बुधबार जिल्ला प्रशासन अगाडी स्थानीयको सहभागितामा होम गरिएको हो।

गाउँपालिका अध्यक्षलाई कुटपिट गर्ने प्रक्राउ

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीलाई कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका-४ का १८ वर्षिय चमन विक, १९ वर्षिय रेमन विक र १७ वर्षिय रामबहादुर विक रहेका छन्। 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा संसदीय टोलीको दौडाहा

वन संरक्षणसँग जोडेर विवाद र चर्चाको विषय बनाइएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको संसदीय र राष्ट्रिय सभाको टोलीले स्थलगत निरिक्षण गरेको छ।

व्यापारीको चुनावले पार्टीभित्रै विभाजन

सुर्खेतका व्यापारीहरुको छाता संस्था सुर्खेत उद्योग वाणिज्य संघको चुनावले पार्टीभित्र विभाजन ल्याएको छ। कांग्रेस समर्थित व्यवसायिको बाहुल्यता रहेको संघको आगामी नेतृत्वको लागि कांग्रेस समर्थित व्यवसायिहरु नै विभाजित भएका छन्।

वाइडबडी खरिदमा भेटीयो त्रुटीको चाङ

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सर्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले गरेको अनुगमनले वाइड बडी विमान खरिदमा त्रुटीको चाङ नै भेटाएको छ।  संसदिय सार्वजनिक लेखा समितिको मंसिर १२ मा बसेको बैठकले कार्यालयसँग वाइडबडी विमान खरिद प्रकृयामा सार्वजनिक खरिद ऐन, ०६३ नियमावली ०६४ तथा निगमको विनिमयावलीहरु अनुसरण भए नभएको सम्बन्धमा लिखित राय माग गरेको थियो। 

३५० कर्मचारी कारवाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको छ। केन्द्रले साउनयता १४० वटा कार्यालयमा गरेको अनुगमन ठीक समयमा कार्यालयमा नआउने ३१८ र तोकिएको पोशाक नलाउने १६२ गरी ५३० जना कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए।

इन्जिनियर चुनाव : यसरी हुँदैछ भिडन्त

देशभरका इन्जिनियरको छाता संस्था नेपाल इन्जिनियर्स एसोसिएसनमा चुनावी सरगर्मी सुरु भएको छ। एसोसिएसनको ३२ औं कार्यकारिणी समिति नेतृत्वका लागि मंसिर २८ गते हुने चुनावमा लोकतान्त्रिक र प्रगतिशील समूहबीच प्रतिस्पर्धा हुँदैछ।

रामायणका एकैपटक १० करोड दर्शक

संस्कृत भाषाका आदिकवि वाल्मीकिले लेखेको रामायणलाई आधार बनाएर तयार पारिएको सिरियल ‘रामायण’ का डाइरेक्टर रामानन्द सागर अहिले पनि करोडौंको मनमा बस्न सफल छन्। उनकै सक्रियतामा पहिलोपटक राम कथालाई टेलिभिजन पर्दामा देखाइएको थियो। रामानन्द बहुआयामिक प्रतिभा भएका व्यक्ति हुन्। 

आज युभेन्ट्स, रियल, सिटी र युनाइटेड भिड्दै, कसको प्रतिद्वन्द्वी को ? 

युरोपियन च्याम्पियन्स लिग फुटबलमा बिहिबार राति सिमूह चरण अन्तर्गतका अन्तिम ८ खेल हुँदै छन् । यिनै बिहिबार राति हुने ८ खेलपछि समूह चरणको समीकरण पूरा हुँदैछ ।

टाइम पत्रिकाको ‘बर्ष व्यक्तिव’ मा खसोग्गी

टर्कीको इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूताबासमा अक्टोबरमा हत्या गरिएका साउदी पत्रकार जमाल खसोग्गीलाई अमेरिकी पत्रिका ‘टाइम’ ले ‘बर्ष व्यक्तिव’ को उपाधि दिने मङ्गलबार घोषणा गरेको छ।   
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।