बिहीबार, वैशाख १३, २०८१

निर्मलाका लागि न्याय माग्दै प्रशासन अगाडी पुजा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नागरिक संघर्ष समितिले निर्मलाको आत्माको शान्तिको कामना गर्दै जिल्ला प्रशासन कार्यालय कन्चनपुरको गेट अगाडी पुजा गरिएको छ। 

बुधबार जिल्ला प्रशासन अगाडी स्थानीयको सहभागितामा होम गरिएको हो। बुधबार नै उनको जन्मदिन परेकोले आत्माको शान्तिको लागि होम गर्नु परेको नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले बताइन्। 

अधिकारकर्मी भण्डारीले राष्ट्रप्रमुख एबम नेतृत्वकर्ताको सदबुद्धिका लागि समेत होम गरिएको जानकारी दिइन। निर्मलाको फोटो राखेर धार्मिक परम्परा अनुसार पण्डित केशव प्रशाद उपाध्यायले पूजा गरेका थिए। 

समितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखलाई समेत यज्ञको प्रसाद पठाएका छन्। निर्मलाको बलात्कारपछि हत्या भएको १४० दिन बितिसक्दा समेत वास्तविक हत्यारा पहिचान हुन सकेको छैन्। 

घटनामा संलग्न भएको आशंकामा प्रहरील्ले  भिमदत्त-१८, का प्रदीप रावल र विशाल चौधरीमाथि अनुसन्धान भइरहेको बताएको छ। उनीहरु पनि निर्दोस रहेको भन्दै स्थानीय स्तरमा प्रहरीप्रति व्यापक आक्रोष बढेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।