शुक्रबार, वैशाख ७, २०८१

रामायणका एकैपटक १० करोड दर्शक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मुम्बई - संस्कृत भाषाका आदिकवि वाल्मीकिले लेखेको रामायणलाई आधार बनाएर तयार पारिएको सिरियल ‘रामायण’ का डाइरेक्टर रामानन्द सागर अहिले पनि करोडौंको मनमा बस्न सफल छन्। उनकै सक्रियतामा पहिलोपटक राम कथालाई टेलिभिजन पर्दामा देखाइएको थियो। रामानन्द बहुआयामिक प्रतिभा भएका व्यक्ति हुन्। उनी लेखक, पत्रकार, स्क्रिप्ट राइटर, डाइलग राइटर, प्रोड्युसर र डाइरेक्टरको पहिचान बनाएका व्यक्ति हुन्।

बहुप्रतिभाका धनी रामानन्दको निधन २००५ डिसेम्बर १२ मा भएको थियो। यहाँ उनै रामानन्दको जीवनभित्र लुकेका विभिन्न चर्चित घटनाहरू प्रस्तुत गरिन्छ : रामानन्दको जन्म १९१७ डिसेम्बर २९ मा हालको पाकिस्तानको लाहोरमा भएको हो। उनको बाल्यकालको नाम चन्द्रमौली चोपडा हो। सानीआमाको संरक्षणमा हुर्किएका उनको नाम पनि रामानन्द सानीआमाले नै राखेकी हुन्। पछि उनको परिवार भारत आयो। भारतमा उनीहरुको आर्थिक अवस्था दयनीय थियो।

आर्थिक अभाव भएकै कारण रामानन्दले बाल्यकालदेखि नै काम गर्न सुरु गरे। केही समय ट्रक सफा गर्ने काम गरेका उनी मुम्बई गएर लेखनकार्यमा संलग्न भए । कथा लेखनमा उनी सफल हुँदै गए। सन् १९५० मा सागर आर्ट नामक प्रोडक्सन कम्पनी खोले। 

रामानन्दका थुप्रै सिरियल र फिल्म चर्चित भएका थिए । सबैभन्दा बढी चर्चा भने रामायणले बटुल्यो। १९८७ जनवरी २५ मा रामायणको पहिलो एपिसोड प्रसारित भएको थियो। यो सिरिएल ३१ जुलाई १९८८ सम्म चल्यो। रामायण दूरदर्शनबाट प्रत्येक आइतबार विहान ४५ मिनेट प्रसारण हुन्थ्यो। त्यो समयमा अन्य सिरियललाई भने ३० मिनेटको समय मात्र दिइन्थ्यो भने रामायण ४५ मिनेट चल्थ्यो।

रामायणको ७८ एपिसोड प्रसारण हुँदाको रमाइलो प्रसंग छ। ७८ एपिसोड प्रसारण हुने समयमा भारतका सडक र गल्लीमा कफ्र्यु लागेजस्तो सन्नाटा छाउथ्यो। उक्त सिरियललाई त्यतिबेला एकैपटक १० करोड दर्शकले हेर्ने गरेको अनुमान गरिएको थियो। 

राम सीताको भूमिकामा अभिनय गर्ने अरुण गोविल र दीपिका चिकलियालाई मानिसहरु भागवान् नै ठान्थे । रामानन्द सिरियलका पात्रहरुलाई वास्तविक जीवनमा पनि असल आचारण राख्न प्रेरित गर्थे। उनको त्यही योगदानले रामानन्दको आज पनि चर्चा उत्तिकै छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्