एजेन्सी- पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिगमा समूह ‘सी’ को विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूहको अन्तिम खेलमा रेड स्टारमाथि फराकिलो अन्तरले जित निकाल्दै पिएसजी समूहको विजेताको रुपमा दोस्रो चरणमा प्रवेश गरेको हो ।
अग्रपङ्तीका तीनै फरवार्ड नेयमार, केलियन एमबाप्पे र एडिन्सन काभनीले गोल गरेपछि पीएसजीले रेड स्टारमाथि ४-१ को फराकिलो जित निकालेको थियो । त्यस्तै पिएसजीका लागि अर्को गोल मार्किनेसले गरेका थिए ।
पाहुना टोली पीएसजीलेखेलको १०औं मिनेटमा एडिन्सन काभनीको गोलबाट खेलमा अग्रता लिएको थियो । उनले केलियन एमबाप्पेको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेल सकिन ५ मिनेट बाँकी रहदा स्टार खेलाडी नेयमारले गोल गरे पछि पिएसजीको पहिलो हाफमा अग्रता दोब्बर पारेको थियो । दोस्रो हाफमा पीएसजीले थप दुई गोल गर्दा रेड स्टारले एक गोल फर्काएको थियो ।
५६औं मिनेटमा रेड स्टारका मार्को गोवेजिकले गोल गर्दै खेलमा फर्किने प्रयार गरेका थिए । तर, पिएसजीले थप दुई गोल गर्दा रेड स्टारले भने गोल गर्न सकेन । ७४औं मिनेटमा एन्जल डि मारियाको पासलाई मार्किनोसले गोल गर्दै खेललाई ३-१ को अग्रता बनाए ।
इन्ज्युरी समयमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ४-१ को जित दिलाए । पीएसजीले समूहको ६ खेलमा ३ जित, २ बराबरीसँगै १ हार बेहोर्दै ११ अंक जोड्यो । रेड स्टार भने यसअघि नै समूह चरणबाटै बाहिरिसकेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४