शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रामजानकी विवाहोत्सव: तिलकोत्सव सम्पन्न, दुई सम्धीको मिलन

रामजानकी विवाहोत्सव: तिलकोत्सव सम्पन्न, दुई सम्धीको मिलन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र जगतजननी सीताको विवाह भएको विश्वासका साथ रामजानकी विवाहोत्सव अन्तर्गत सोमबार तिलकोत्वस कार्यक्रम सम्पन्न भएको छ। केटा र केटीबीच विवाह हुने निश्चित भइसकेपछि दुबै परिवारका सदस्यले गर्ने छिनोफानो विधिलाई मैथिली संस्कृतिमा तिलकोत्सव भनिन्छ।

वैवाहिक कार्यक्रमपूर्व राम मन्दिर प्राङ्णमा भव्य समारोहका बीच मैथिली परम्परा अनुसार तिलकोत्सव कार्यक्रम सम्पन्न भएको हो। तिलकोत्सव कार्यक्रममा राम मन्दिरका महन्त राम गिरीले दशरथ र जानकी मन्दिरका महन्त रामतपेश्वर दास जनकको भूमिकामा थिए।

जनकको भूमिकामा रहेका जानकी मन्दिरका महन्त रामतपेश्वर दासले अयोध्याका साथै भारतको विभिन्न स्थानबाट आएका जन्तीहरुलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए। यसैगरी अयोध्याबाट आएका साधुसन्तहरुले जानकी मन्दिर, राम मन्दिरका महन्तका साथै प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए। 

दुबै पक्षले एक अर्कालाई सम्मान गरिसकेपछि जनकको भूमिकामा रहेका जानकी मन्दिरका महन्त दास र राम मन्दिरका महन्त गिरीले एक अर्कालाई अंगालो मारेर अभिनन्दन गरेका थिए। यसरी अंगालो मार्ने परम्परालाई मैथिली संस्कृतिमा ‘सम्धी मिलन’ भन्ने गरिन्छ।

तिलकोत्सव कार्यक्रम चलिरहँदा केटा र केटी पक्षबीच हुने हाँसो र ठट्यौलीले मनोरञ्जन प्रदान गरेको थियो । मिथिला परम्परा अनुसार विवाहको छिनोफानो हुने क्रममा केटीपक्षले केटापक्षसँग मजाकका साथै ठट्यौली गर्ने गरिन्छ । खास गरेर विवाहगर्न दाइजो लिने परम्परामाथि व्यङत्मक प्रहार गर्दै केटी पक्षका तर्फबाट उपस्थित महिलाहरुले ठट्यौली गर्ने परम्परा रहेको छ।

यसअघि तिलकोत्सवको अवसरमा जानकी मन्दिरबाट विभिन्न प्रकारका भार (पाहुर) राम मन्दिर पुर्‍याइएको थियो। विहेको छिनोफानो गर्नजँदा कोसेली लिएर जानुपर्ने परम्परा अनुसार जानकी मन्दिरबाट मिठाई, फलफूल, लत्ताकपडालगायतका सामग्रीसहित करिब चार सयभन्दा बढी पाहुर राम मन्दिर लगिएको थियो।

जानकी मन्दिरका महन्त दासको नेतृत्वमा जानकी मन्दिरबाट गाजाबाजासहित निस्किएको टोली नगर क्षेत्रको परिक्रमा गर्दै राम मन्दिर पुगेको थियो। पाहुरसहित निस्किएको टोलीमा सुरक्षा निकायका प्रमुख, प्रशासनिक प्रमुख, जनप्रतिनिधि, स्थानीय समाजसेवी, युवा, महिलाहरुको सहभागिता रहेको थियो।

हरेक वर्ष झैं स्थानीय महावीर युवा कमिटीले संयोजन गरेको तिलकोत्सव कार्यक्रम हेर्न हजारौंको संख्यामा तिर्थालु र स्थानीय सर्वसाधारण पुगेका थिए। तिलकोत्सव कार्यक्रम सकिए संगै मंगलबार अपरान्ह ‘मटकोर’ कार्यक्रम हुने जानकी मन्दिरका छोटे महन्त रामरोशन दासले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।