शुक्रबार, वैशाख ७, २०८१

माओवादी केन्द्रीय कमिटी बैठक आइतबार बिहान पुन: बस्ने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार बिहान पुन: बस्ने भएको छ। दुई दिनसम्म चल्ने बैठकले पार्टीको राजनीतिक कार्यदिशा तय गर्ने बताइएको छ।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार बिहान पुन: बस्ने भएको छ। दुई दिनसम्म चल्ने बैठकले पार्टीको राजनीतिक कार्यदिशा तय गर्ने बताइएको छ।

शनिबारको केन्द्रीय कमिटी बैठकमा राष्ट्रिय महाधिवेशन आगामी पौष ११, १२ र १३ गते गर्ने प्रस्ताव पेस भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गरेसँगै बैठक भोली बिहान ११ बजे बस्ने गरि पुन: बोलाइएको छ।

आजको केन्द्रीय कमिटी बैठकमा पेश भएको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरू समूहगत छलफलमा जुटेका छन्। आठ समूहमा रहेका केन्द्रीय सदस्यले प्रतिवेदनमा छलफल गरेर आइतबार राय सुझाव पेश गर्ने छन्।

प्रकाशित: Aug 14, 2021| 13:30 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...