शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मानवअधिकार दिवसकै दिन बालुवाटारबाट अधिकारकर्मी पक्राउ

मानवअधिकार दिवसकै दिन बालुवाटारबाट अधिकारकर्मी पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट मानवअधिकारकर्मी पक्राउ परेका छन्।

प्रधानमन्त्री निवास अघि धर्ना दिन खोजेको भन्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कंडेल, सल्लाहकार गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल पक्राउ परेका छन् ।

यस्तै, नम्रता पौडेल, ईश्वरा लिङदेन, रत्नलक्ष्मी श्रेष्ठ, रुपा गिरी, गीता तिमल्सिना, रेजीना राई, बटुकृष्ण ढुंगेल, नानिकाजी गिरी, रामचन्द्र खतिवडा, बलबहादुर गाहा मगर, सनत आचार्य, सुमित जि।सी, संजोग चाम्लिङ राई, विपी पौडेल, राजु अधिकारी, कृष्ण पंगेनी, नन्दकुरमार लावती, नारायणकुमार श्रेष्ठ, जगन्नाथ पुडासैनी, अमृतप्रसाद उपाध्यायसहित २५ जनालाई प्रहरीले पक्राउ गरेको शान्ति समाजले जानकारी दिएको छ ।

पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ । उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको प्रहरीले स्रोतले बताएको छ। 

निर्मला पन्तको बालात्कार र हत्या घटनामा दोषीको पहिचान हुन नसक्नु राज्यको अक्षमता लेखिएको व्यानर सहित उनीहरु बालुवाटार पुगेका थिए। 

मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको प्रदर्शनमा महिलामाथी हुने हिंसा र अत्याचार जघन्य अपराध भएको भन्दै रोक्न माग गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।