बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुत्केरी भत्ता दिन पैसा छैन, उधारो राख्दै छन् सरकारी कार्यालय

सुत्केरी भत्ता दिन पैसा छैन, उधारो राख्दै छन् सरकारी कार्यालय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
नेपाल समयले आइतबार बिहानसम्म भएका घटना तथा सूचनाहरको संगालो बिहानी बुलेटिन सार्वजनिक गर्ने गरेको छ। जसमा रातिभरी भएका गतिविधि र आइतबार प्रकाशित पत्रपत्रिकाका सामाग्रीहरु समावेश गरिएका छन्।

सर्केगाड गाउँपालिका १ जैरको मन्दिरा बुढा गर्भवती भएपछि नियमित स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराइन् । उनले बर्थिङ सेन्टरमा बच्चा जन्माइन । घर फर्किने बेला स्वास्थ्यकर्मीले भने, ‘अहिले पैसा छैन, उधारो भयो । पछि लग्नुहोला ।’ जेठमा बच्च जन्माएकी मन्दिरा मंसिरसम्म पटकपटक बर्थिङ सेन्टरमा पुगिन्, सुत्केरी भत्ता  लिन । ‘अहिलेसम्म दिएका छैनन् । उधारो नै छ । जहिल्यै पछि आउनुहोला भन्छन्,’ उनले भनेको नयाँ पत्रिकामा खबर छ । 

ट्याक्सी चालकले नियम मिचे लाइसेन्स निलम्बनको कारबाही हुने भएको छ । चालकले तोकिएभन्दा बढी भाडा लिए, यात्रुलाई भनेको ठाउँमा नपुर्‍याए, मिटरमा जान नमाने, भाडामा मोलमोलाइ गरे, ट्याक्सीको मिटर विगारे, प्रयोजनविपरीत ट्याक्सी चलाए र विग्रिएको मिटर बेलैमा मर्मत नगरे चालकलाई कारबाही हुने पनि नयाँ पत्रिकामा खबर छ । 

सरकारले भैसेपार्टीमा मन्त्री क्वाटर बनाउने निर्णय गरेको छ । तर, यो निर्णय संसद्लाई नै थाहा छैन । संघीय संसदका सभामुख कृष्णबहादुर महराले यस विषयमा आफूसँग कुनै सल्लाह नभएको र एक्कासी निर्णय भएको सुनेको बताए । यो निर्णयप्रति सांसदले पनि आपत्ति जनाएको महराले बताए । सरकारले मन्त्री क्वार्टर बनाउने भनेको जग्गा संसद सचिवालयको नाममा रहेको खबर कान्तिपुरमा छ । त्यस्तै डोटीमा भने अहेवको ठाउँमा डाक्टरले सेवा दिइरहेको खबर छ । 

नागरिक दैनिकले धनुषमा छोरी सरकारीमा छोरा बोडिङमा पढाउने गरेको, विराटनगर, इहटरी, धरानलगायतका प्रदेश एकका मुख्य सडकमा चक्रपथ बनाउने योजना अलपत्र परेको, नेपाली भूमिमा अपराध गरेर भारत गई लुक्ने प्रवृत्तिले आरोपित÷अभियुक्तलाई तत्काल पक्राउ गर्न कठिन भएको खबरलाई प्राथमिकताका साथ छापेको छ । 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।