बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ओली नआएपछि माधव, झलनाथ, नारायणकाजी र वामदेवले बैठक बहिष्कार गरे

ओली नआएपछि माधव, झलनाथ, नारायणकाजी र वामदेवले बैठक बहिष्कार गरे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
                                                                                                                      फाइल तस्बिर
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ। चार शीर्ष नेताले सचिवालय बैठक बहिष्कार गरेपछि आन्तरिक किचलोले गम्भीर रूप लिएको हो । 

नेकपाको सचिवालय बैठक शनिबार दिउँसो ३ बजेका लागि डाकिएको थियो । तर, पार्टी अध्यक्ष तथा प्रधानमन्‍त्री केपी शर्मा ओली  नै उपस्थित नभएपछि चार शीर्ष नेताले सचिवालय बैठक बहिष्कार गरेका हुन्। 

बैठकका लागि तीन बजे अघि नै बालुवाटार पुगेका वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र बामदेव गौतमले ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलसमेत बैठक कक्षमा नदेखिएपछि बाहिरिएका हुन्। 

उनीहरु बैठक बोलाएको समयपछि पनि २० मिनेट बालुवाटारमा कुरेका थिए । तर, बैठक आह्‍वान गर्ने पक्ष नै नआएपछि आफूहरु हिँडेक नेकपाका प्रवक्‍तासमेत रहेका सचिवालय सदस्य श्रेष्ठले जानकारी दिए ।

पार्टी अध्यक्ष एकलौटी रुपमा अघि बढ्न खोजेको आरोप लगाउँदै नेपाल, खनाल र श्रेष्ठले संस्थापन पक्षको आलोचना गर्दै आएका छन्। पछिल्‍लो समय ओली क्याम्पमा रहेका वामदेव गौतमसमेत संस्थापन पक्षसँग असन्तुष्ट हुँदै नेपाल, खनाल मोर्चामा सामेल भएका छन् । 

पार्टीको आन्तरिक समीकरणमा आएको फेरबदलले पटक पटक सचिवालय बैठक बसेपनि ठोस निर्ष्कष निकाल्न सकेको छैन्।

नेकपा स्थायी कमिटी बैठक २९ गते 

यसैबीच शनिबार बसेको नेकपा सचिवालय बैठकले स्थायी कमिटीको बैठक मंसिर २९ गते बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजेका लागि बोलाइएको महासचिव विष्णु पौडेलले जानकारी दिए । ४५ सदस्यीय स्थायी कमिटिमा अहिलेसम्म सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गराइने भएको छ ।

शनिबार बोलाइएको सचिवालय बैठक मुख्य चार नेताले भने बहिस्कार गरेका थिए । निर्धारित समयमा बैठक बस्नका लागि पुगे पनि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल नआएपछि नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।