काठमाडौं- निर्मलाका लागि न्याय माग्दै शुक्रबार माइतीघरमा एउटा फरक खालको प्रदर्शन भयो। प्रदर्शकारीहरु हातमा तराजु र आँखा पट्टी बाँधेर निर्मलालार्इ न्याय मागिरहेका थिए।
कार्यक्रमको आयोजना विवेकशिल साझा पार्टीले गरेको थियो। संयोजक रविन्द्र मिश्रलगायत अधिकांश केन्द्रीय नेता सहभागी कार्यक्रममा नागरिकको उपस्थिति पनि उत्साहजनक थियो।
प्रदर्शनका क्रममा निर्मलाको न्यायका लागि दबाबमुलक नाटक समेत प्रस्तुत गरिएको थियो।
कञ्चनपुरमा करिब चार महिना अघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको न्यायको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४