शुक्रबार, वैशाख १४, २०८१

अन्तःशुल्क स्टिकर अब नेपालमै बन्‍ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सरकारले अन्तःशुल्क स्टिकर अब नेपालमै बनाउने तयारी थालेको छ। शुक्रबार बसेको संसदिय सार्वजनिक लेखा समितिको बैठकमा अन्तशुल्क स्टिकर सम्बन्धि जानकारी दिँदै अर्थ मन्त्रालयको राजस्व सविच शिशिर ढुंगानाले सुरक्षण मुद्रण प्रेस तयार पारेर स्टिकर छाप्ने तयारी थालेको बताए। 

त्यसका लागि संञ्चारमन्त्रीको अध्यक्षतामा सुरक्षण मुद्रण विकास समिति गठन भइसकेको उनको भनाइ छ। 

उनकाअनुसार हेटौंडामा २२ अर्ब लगानीमा सुरक्षण मुद्रण प्रेस निर्माण गर्ने काम थालिएको भन्दै सचिव ढुंगानाले त्यसका लागि सरकारले चालु आर्थिक वर्ष ६ अर्ब बजेट समेत बिनियोजन गरिसकेको बताए। ‘अगामी चार वर्षभित्र प्रेस निर्माण सम्पन्न गरिसकिनेछ,’ उनले भने। सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयको मातहतमा रहने प्रेसले अन्तःशुल्क स्टिकर, एमआरपी,  लगायत सामाग्री छापिने उनको भनाइ छ।

हालसम्म अन्तशुल्क स्टिकर, एमआरपी, नेपाली नोट लगायत मुलुकबाहिरका कम्पनीहरुबाट छापिने गरेको छ। नेपालका केही कम्पनीहरुले मुलुक मै अन्तशुल्क छप्न सकिने पूर्बधार निर्माण भइसकेको भन्दै छपाइको लागि स्वदेशी कम्पनीले पनि भाग लिन पाउनु पर्ने माग गरेका छन्। 

उनीहरुले एनटीसी, एनसेल लगायतको कार्ड स्वदेशमै छापिदै आएको भन्दै विदेशमा स्टिकर छपाइ हुदा अरबौं रकम बाहिरिने बताएका छन्। बैठकमा सचिव ढुंगानाले स्वदेशी कम्पनीको अन्तशुल्कको स्टिकर छाप्ने गुणस्तर नभएको भन्दै सुरक्षाको दृष्टिकोणले विदेशमा छपाउन परेको बताए। एक पटक स्टिकर छपाउदा ५६ करोड रुपैयाँ दायित्व लाग्ने गरेको उनको भनाइ छ।

अर्थमन्त्रालयकाअनुसार सरकारले मदिरा, चुरोट लगायतमा अन्तशुल्क प्रयोग गरि वार्षिक ६५ अर्ब बढी राजस्व संकलन गरिरहेको छ। उक्त राजस्व कुल राजस्वको २५ प्रतिशत हुन आउछ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्