बिहीबार, वैशाख ६, २०८१

वामदेवले ओली क्याम्प छोडे, सचिवालयमा नयाँ समिकरण 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- लामो समय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका नेकपाका नेता वामदेव गौतमले संस्थापन पक्ष छाडेका छन्। ओलीले आफूलाई दिएका वचन पुरा नगरेको भन्दै गौतमले ओली समूह छाडेको घोषणा गरेका हुन्। 

गौतमले पार्टीको आठौं महाधिवेशनमा ओली र झलनाथ खनाल अध्यक्षमा चुनाव लड्दा खनाललाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। पार्टीको नवौं महाधिवेशनमा पनि अध्यक्षमा माधव नेपालसँगको प्रतिस्पर्धामा ओलीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। 

आफ्ना मागबारे जानकारी गराउन २१ केन्द्रीय सदस्यले गत साता गौतमलाई भेटेका थिए। गौतमले घुमाउरो भाषामा आफू ओलीबाट पीडित भएको गुनासो गरेको एक नेताले नेपाल समयलाई बताए। गौतमले केन्द्रीय सदस्यहरुसँगको भेटमा आफू अब ओलीसँग नरहेको संकेत गरेका थिए। 

२१ केन्द्रीय सदस्यहरुले पार्टी विधि र पद्धतिबाट चल्नु पर्ने भन्दै महासचिव विष्णु पौडेलमार्फत अध्यक्षद्‍वयलार्इ ६ बुँदे माग राखेका थिए। गौतमले २१ केन्द्रीय सदस्यको मागमा आफ्नो साथ रहने भन्दै आश्वास्त पारेका थिए।
 
गौतमलाई निर्वाचन लडाएर प्रतिनिधिसभामा ल्याउने भन्दै देशभरीका झण्डै एक दर्जन चुनाव क्षेत्रमा प्रयास भएको थियो। तर पछिल्लो चरणमा ओली र प्रचण्ड दुवैले यस कुरामा असहमति जनाएपछि गौतम रुष्ट भएका थिए। यो प्रयास असफल भएपछि  शक्तिशाली विकास निर्माण प्राधिकरण गठन गर्ने र त्यसको प्रमुख आफूलाई बनाउन गौतमले ओली समक्ष प्रस्ताव गरेका थिए। तर, गौतमको प्रस्ताव अध्यक्षद्‍वय प्रचण्ड र ओली दुवैले अस्वीकार गरेका थिए। त्यसपछि गौतम झन् रुष्ट भएका थिए। 

गौतमले संस्थापन पक्ष छाडेपछि सचिवालयको बैठकमा ओलीसहित संस्थापन पक्षका ५ र संस्थापन ईतर ४ हुने भएको छ। संस्थापन पक्षको एक सदस्य अनुपस्थित  भएको बेला  मतदानबाट निर्णय हुन नसक्ने अवस्था सृजना हुने भएको छ। एक नेताका अनुसार यस भन्दा अघिल्ला बैठकमा गौतम संस्थापन पक्षमा भिड्ने पहिलो नम्बरमा थिए। तर उनले संस्थापन पक्ष छाडेपछि ओली प्रचण्डलाई निर्णय गर्न त्यति सजिलो हुने छैन। 

आफूलाई शक्तिशाली विकास प्राधिकरण गठन गरेर त्यसको प्रमुखमा नियुक्त गर्न अध्यक्षद्‍वयले अस्वीकार गरेपछि उनले यसको विकल्प खोज्ने घोषणा गरेका छन्। उनले निजी क्षेत्रबाट भएपनि त्यस्तो प्राधिकरण गठन गरेर आफूले अभियानलाई अघि बढाउने निकट नेताहरुसँग बताएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।