शुक्रबार, वैशाख ७, २०८१

पितृको सम्झनामा 'पाशुपत' मा शतबीज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
राजधानीको पाशुपत क्षेत्रमा हिजो साँझ श्रद्धालुहरूले आफ्ना पितृको सम्झनामा महादीप बालेका छन् । रातभर जाग्राम बसेका भक्तजनले खैंजेडी बजाएर भजन गाएका थिए, कतिपय भने गीत संगीतमा रमाए ।

जात्रा अवधिभर व्यापारीहरूलाई खानेकुरा बिक्री गर्न भ्याइनभ्याइ थियो । आज बिहानै चतुर्थी सकेर पशुपति क्षेत्रका मृगस्थली, वनकाली, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, किराँतेश्वर मन्दिर, विश्वरूप, राममन्दिर आदि क्षेत्रमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ ।

केही श्रद्धालुले विश्वरूप क्षेत्रमा पितृले पाऊन् भनेर इँटाले घर बनाएका थिए । बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेका कारण त्यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा केही समस्या भएको थियो ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।