शनिबार, वैशाख ८, २०८१

बुद्धिजीवीलाई थला पार्ने प्रधानमन्‍त्रीको चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालमा बुद्धिजिवीहरुले जथाभावि बोल्ने गरेको भन्दै आक्रोश पोखेका छन् । नेपाल टेलिभजनबाट प्रशारण हुने जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उनले सरकारका विषयमा बुझ्दै नबुझि जथाभावी बोल्ने गरेको भन्दै आक्रोश ब्यक्त गरेका हुन् । 

बुद्धिजिवीहरुले असभ्य र अत्यन्त तल्लो स्तरको टिप्पणी गरेको भन्दै उनले यस्ता कुरा बोल्नु अघि सोच्न चेतावनी दिए । यस्ता टिप्पणी गर्नेहरुलाई थला पार्ने समेत उनले धम्कि दिए । उनले कार्यक्रममा भनेका छन्– 'मैले जवाफ दिए भने धेरै बुद्धिजिवीहरु थला पर्छन् । त्यसैले विचार पुर्याएर बोल्नु ।' 

उनले टेलिभिजन अन्तरवार्तामा बोलेको संक्षिप्त अंश

‘कुनै कुनै बुद्धिजिवीहरूका टिप्पणी अत्यन्तै असभ्य तल्लो स्तरका देख्छु। त्यस्ता बुद्धिजिवीहरूलाई एक पटक मसँग पहिले सञ्चार माध्यममा आउनुभन्दा अगाडि, किनभने जवाफ दिँदा उहाँहरू थला पर्ने सम्भावाना हुन्छ। त्यसकारण म थला पार्न चाहन्नँ। उहाँहरूलाई म जान्दछु। त्यसकारण मसँग एक पटक उहाँहरूले वादविवाद गर्न अथवा मसँग सत्यहरूकोको सम्बन्धमा बहस गर्न इच्छा गर्नु भएको हो कि होइन? म उहाँहरूलाई सोध्न पनि चाहन्छु उहाँहरूका असलीयतहरू( जस्ता असभ्य ढंगले उहाँहरूले बोल्नु पनि भएको छ। त्यसमा अलिकती असलीयतहरू बाहिर आउँदा के हुन्छ। अलिक विचार गरे हुने हो।

मलाई कति मात्र भन्न मन छ भने सरकारकै भत्ता खाने पेन्सन खाने सुविधा लिने, अनि जथाभावी गैर जिम्मेवार ढंगले बोल्ने प्रवृत्ति एउटा, गोपनीयताहरूको वास्ता नगर्ने प्रवृत्ति अर्को। यस्ता प्रवृत्तिहरू र अत्यन्त अनुत्तरदायी र झुटो प्रचार गर्ने, अर्को मैले देखेको छु। यस्तो भएको हुनाले, त्यो त किनेको जस्तो पारिश्रमिक जस्तो यस्तो गरेर यस्तो भएको भन्ने अत्यान्त अपमानजनक ढंगले म जवाफ दिइरहन चाहन्नँ। तर उहाँहरूलाई म सोधी चै रहन्छु। जवाफ दिउँ?’


प्रधानमन्त्रीसँगको पुरा कुराकानी हेर्नुहोस् यो अन्तरवार्तामा
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।