शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कसले मार्‍यो सत्यनारायणलाई? प्रहरी अनुसन्धानका यी दुई कोण

कसले मार्‍यो सत्यनारायणलाई? प्रहरी अनुसन्धानका यी दुई कोण

 |  मंगलबार, साउन १२, २०७८

अनिल यादव

अनिल यादव

मंगलबार, साउन १२, २०७८

काठमाडौं- २५ वर्षदेखि काठमाडौंमा बस्दै आइरहेका भारत राजस्थानका सत्यनारायण पारिख तीन साताअघि ललितपुर, सानेपास्थित आफ्नै कोठामा मृत भेटिए। टाउकोको चार–पाँच ठाउँमा ह्यामरले हिर्काएको, कोठाभर रगत लतपतिएको अवस्थामा उनको शव फेला परेको थियो। प्रहरीलाई हत्या भएको निष्कर्ष निकाल्न ढिला भएन तर अहिलेसम्म अभियुक्त नजिक पुग्न सकिरहेको छैन। 

triton college

यो घटनाको अनुसन्धानमा महानगरीय प्रहरी परिसर ललितपुरसँगै महानगरिय अपराध महाशाखाको टोली पनि जुटिरहेको छ। तर, अहिलेसम्म कुनै ‘क्लु’ पाउन नसक्दा घटनाको अनुसन्धान जटिल बन्दै गएको छ। 

महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइराला भन्छन्, ‘हामी विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ, अहिले नै केही भन्न सक्ने अवस्था छैन।’ 

कसले किन गर्‍यो होला त सत्यनारायणको हत्या? प्रहरी अहिले नै केही भन्न सक्ने अवस्थामा छैन। तर, घटनाको नजिक पुग्न अनुसन्धानको सुई दुई कोणबाट घुमाइरहेको छ। 

पहिलो : चोर या डाकाले गर्‍यो कि? 
५९ वर्षीय सत्यनारायण सानेपास्थित राम मन्दिरनजिक तीनतल्ले घरको पहिलो तलामा दुई कोठे फ्ल्याट भाडामा लिएर बस्दै आइरहेका थिए। भुइँतल्ला खाली नै थियो भने दोस्रो तलामा घरबेटी बस्थे। सत्यनारायण न्युरोडमा रहेको एटलान्टिक कम्प्युटर प्रालिमा सेल्सम्यानको काम गर्थे । तर, लकडाउनकै समय मोटरसाइकल दुर्घटनामा परेर दायाँ खुट्टामा चोट लागेपछि उनी काममा विरलै जान्थे। 

corrent noodles
Metro Mart

महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइराला भन्छन्, ‘हामी विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ, अहिले नै केही भन्न सक्ने अवस्था छैन।’ 

बिरामी भएका कारण उनले खाना बनाउनका लागि एक जना महिला सहयोगी राखेका थिए, जो हरेक दिन बिहान खाना बनाइदिएर जान्थिन्। तर, असार १९ र १२ दुवै दिन बिहान कोठा आउँदा ढोका नखुलेपछि छिमेकीलाई खबर गरिन्। छिमेकी हुँदै घटना प्रहरीसम्म पुग्यो। 

प्रहरीले ढोका खोल्दा सत्यनारायण घोप्टो परेको अवस्थामा मृत भेटिए। भान्साकोठाको झ्यालको सिसा फुटाइएको थियो, जाली च्यातिएको थियो। महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताएअनुसार कोही झ्याल फोरेरभित्र छिरेको देखिन्छ। 

त्यतिमात्रै कोठामा ह्यामर पनि भेटिएको थियो। अनि, सत्यनारायणलाई त्यही ह्यामरले हिर्काएको प्रहरीको प्रारभ्मिक अनुसन्धानले देखाएको थियो। दराज पनि फोडिएको अवस्थामा थियो। घटनाको यी सबै प्रकृति हेर्दा प्रहरीको प्रारम्भिक अनुसन्धान नै चोरी या डकैत गर्न आएका व्यक्तिले घटना गराएको भन्नेमा केन्द्रित भयो।   

घटनास्थल पुगेको प्रहरी। 

अहिले पनि यो कोणबाट अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाको अनुसन्धान त्यतिबेलै तालिमप्राप्त कुकुर पनि प्रयोग गरेको थियो। तैपनि अहिलेसम्म कुनै ‘क्लु’ भेटिएको छैन। ‘हत्याका लागि कुनै ठूलो हतियार प्रयोग गरिएको छैन, ह्यामर प्रयोग गरिएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत भन्छन्, ‘त्यसैले चोर या डाँकाले नै गरेको हो भन्नेमा पनि अन्यौल छ। सत्यनारायण आर्थिक हिसाबले त्यस्तो सबल मान्छे देखिँदैनन्, त्यसकारण पनि झन् अन्योल छ।’

प्रहरीले अपराधी पत्ता लगाउन घर वरपरको सीसीटीभी फुटेज जाँच पनि गरिसकेको छ। सत्यनारायणको घरभन्दा ५० मिटर पर रहेको सीसीटीभीमा राति चार जना मान्छेहरुको चहलपहल देखिएको छ, तर सत्यनारायणको घरतिर गए/गएनन्, त्यो कुरा चाहिँ फुटेजबाट खुल्दैन। 

दोश्रो : कुनै रिसिइबी या दुश्मनी थियो कि? 
सत्यनारायण जहाँ मृत भेटिए, त्यो घरमा १३ वर्षदेखि भाडामा बस्दै आइरहका थिए। काठमाडौंमै रहेका नाताले भाइ पर्ने सञ्जय पारिख एउटै कम्पनीमा काम गर्थे। बिरामी भएका बेला उनले भारत घर फर्कन सुझाएका पनि थिए। तर, श्रीमतीको ८ वर्षअघि निधन भइसकेको थियो। भएकी एक छोरीको बिहे भइसकेको थियो। 

‘कसैसँग रिसिइबी या दुश्मनी नै रहेछ भने त अपराधी पत्ता लाग्छ नै तर चोर/डाँकाले मारेको हो भने चाँहि अनुसन्धान अलि जटिल हुने देखिन्छ,’ अनुसन्धानमा खटिएका प्रहरीको विश्लेषण छ। 

सञ्जयका अनुसार त्यसकारण पनि उनी भारत जान मानेका थिएनन्। काठमाडौंलाई नै आफ्नो बुढेसकालको सहारा बनाइरहेका थियो। 

तर, यही सहरले उनको ज्यान लिएपछि यतिबेला प्रहरीको अनुसन्धानको सुई ती व्यक्तिहरुको खोजीतिर पनि मोडिएको छ, जोसँग सत्यनारायाणको रिसइबी, झगडा या दुश्मनी थियो। ‘तर, अहिलेसम्म सत्यनारायणलाई मानुपर्ने कुनै कारण भेटिएको छैन,’ अनुसन्धानमा खटिएका ती प्रहरी अधिकृत भन्छन्। 

घटनास्थलबाट सत्यनारायणले प्रयोग गर्ने दुई वटा मोबाइल समेत बरामद गरेको थियो। ती मोबाइलमार्फत प्रहरीले प्राविधिक अनुसन्धान नगरेको होइन तर केही ‘क्लु’ फेला पर्न सकेन। 

‘कसैसँग रिसिइबी या दुश्मनी नै रहेछ भने त अपराधी पत्ता लाग्छ नै तर चोर/डाँकाले मारेको हो भने चाँहि अनुसन्धान अलि जटिल हुने देखिन्छ,’ अनुसन्धानमा खटिएका प्रहरीको विश्लेषण छ। 

सत्यनारायणकोमा काम गर्न आउने महिलादेखि उनका सहकर्मी, साथीसंगी सबैलाई प्रहरीले निगरानीमै राखेको छ। कहिले कतै उनको झगडा या भनाभन भएको थियो कि, त्यो पनि बुझिरहेको छ। तैपनि प्रहरी ‘क्लु’विहीन छ। घटनाको प्रकृति हेर्दा प्रहरीले एकभन्दा बढी व्यक्तिको संलग्नता अनुमान गरेको छ। तर, आफै अन्यौलमा छ-‘बुढेसकालका सत्यनारायणलाई कसले मार्‍यो होला?’

प्रकाशित: Jul 27, 2021| 22:59 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।