काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा सिएमजी संकटा क्लबले अग्रता लिएको छ । विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध संकटाले पहिलो हाफमा २-१ ले अग्रता लिएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा संकटाले खेलको २९ औं मिनेटमा अग्रता लिएको थियो । संकटालाई सुरुवाती अग्रता दिलाउन सरोज दाहालले गोल गरेका थिए ।
त्यपछि ३७ औं मिनेटमा दिपेश आले मगरले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ३७ औं मिनेटमा २-० ले पछि परेको पुलिसले आक्रमक खेल प्रस्तुत गर्दै त्यसको दुई मिनेट नबित्दै एक गोल फर्कायो । पुलिसका लागि रवि पासवानले एक गोल फर्काएका हुन् ।
यसअघिका ५ खेल खेल्दा पुलिसले ३ खेलमा जित, एक हार र एक बराबरीको नतिजामा छ । संकटा एक खेलमा पराजित हुँदा ४ खेलमा जित निकालेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४