बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • वैदेशिक रोजगारी : व्यक्तिगत पहलमा भिसा पाउने श्रमिक विदेश जान वञ्‍चित

वैदेशिक रोजगारी : व्यक्तिगत पहलमा भिसा पाउने श्रमिक विदेश जान वञ्‍चित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-दीपेश न्यौपानेलाई गत कात्तिक २९ गते अर्थात् दसैंको अष्टमीका दिन नेपालस्थित कोरियाली दूतावासबाट फोन आयो । उनलाई दूतावासले भिसा लिन बोलाएको थियो । त्यसपछि दीपेश उत्साहित हुँदै कोरियाली दूतावास पुगे र भिसा लिए । व्यक्तिगत प्रयासका आधारमा कोरियाको एक होटलमा सेफको काम गर्ने अवसर पाएका २७ वर्षीय दीपेश श्रम स्वीकृति लिन श्रम विभाग पुगे । विभागका कर्मचारीले उनलाई नियम परिवर्तन भएकाले केही दिन पर्खन भने । उनी श्रम विभागमा धाउन थालेको तीन साता बितेको छ । श्रम स्वीकृति पाउन नसक्दा उनी विदेश जान वञ्चित भएका छन् । 

कोरियास्थित रोजगारदाता एक होटेलले दीपेशलाई आगामी शुक्रबारसम्म नआए भिसा रद्द गरी अन्य देशबाट कामदार मगाउने दबाब दिइरहेको छ । गत नोभेम्बर १४ मा गुल्मीबाट कोरिया उड्न परिवारसँग बिदा भई काठमाडौं आएका उनी यतिबेला निराश छन् । उनी कहिले श्रम विभाग पुग्छन् भने कहिले मन्त्रालय । तर उनको समस्या समाधान हुन सकेको छैन । 

दीपेशजस्तै ५० बढी युवा कोरिया, जापान, अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिकालगायत देशको भिसा हातमा लिएर श्रम विभाग धाउन थालेको महिनौं बित्दा पनि उनीहरू विदेश जान पाएका छैनन् । वैदेशिक रोजगारीका लागि यी मुलुक आकर्षक मानिन्छन् । 

विभागका अधिकारी भने कात्तिक २६ गते देखि नयाँ नियम लागू भएकाले अबदेखि कुनै पनि मुलुकमा जाने रोजगारीका लागि कामदारको श्रम स्वीकृति सम्बन्धित देशको नेपाली दूतावासले प्रमाणित गर्नुपर्ने बताउँछन् । विभागका अधिकृत तीर्थराज कट्टेलले भने, ‘सरकारले गत कात्तिक २६ गतेदेखि नयाँ नियम लागू गरेको छ । नयाँ नियमअनुसार कुनै पनि मुलुकमा जाने कामदारको श्रम स्वीकृति सम्बन्धित देशको नेपाली दूतावासले प्रमाणित गर्नुपर्छ ।’

 

रोजगारीका लागि जाने कामदारको श्रम स्वीकृति सम्बन्धित देशको नेपाली दूतावासले प्रमाणित गर्नुपर्छ । नेपालमा रहेका युवाले रोजगारीमा जानुअघि सम्बन्धित देशको नेपालस्थित राजदूतावास पुगेर श्रम स्वीकृति प्रमाणित गर्न सम्भव हुँदैन ।


दूतावासले प्रमाणित गरेर पत्राचार नगरेसम्म श्रम मन्त्रालयले विभागलाई स्वीकृति नदिन परिपत्र गरेको छ । तर यसरी स्वीकृति पाउन सम्बन्धित देशको कानुन व्यवसायीले दूतावासमै पुगेर भिसा र सम्झौतापत्र प्रमाणित गर्नुपर्छ । कानुन व्यवसायीले भिसा प्राप्त गर्ने व्यक्तिको उपस्थितिमा मात्र प्रमाणित गर्न सक्छ ।

भिसा पाएको व्यक्ति नेपालमा छ, ऊ स्वयं कोरियाली कानुन व्यवसायीसँग कसरी उपस्थित हुन सक्छ ? कोरिया जान त पहिला श्रम स्वीकृति चाहने होइन भन्ने जिज्ञासामा अधिकृत कट्टेल पन्छिए । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. नारायण रेग्मीले व्यक्तिगत पहलमा भिसा पाएर विदेश गएका श्रमिकले भनेअनुसारको सेवासुविधा नपाउने र विभिन्न समस्यामा पर्ने गरेका कारण  सम्बन्धित दूतावासको अनुगमनपछि मात्र श्रम स्वीकृति दिने गरी नयाँ नियमावली ल्याएको जानकारी गराए ।

रेग्मीका अनुसार रोजगारदाताले सम्बन्धित देशको दूतावासमा पुगेर श्रमिकको सेवासुविधाको ग्यारेन्टी गर्नुपर्छ । त्यसको प्रतिलिपि श्रम विभागमा परिपत्र गरेपछि मात्र विभागले स्वीकृति दिन्छ । रोजगारीका लागि आकर्षक मानिने र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार जान पाउने भनिएका कतिपय मुलुकमा नेपाली दूतावास छैन । सरकारको पछिल्लो नियमले कतिपय मुलुकमा नेपाली कामदार वैधानिक रूपमा जान पाउने बाटो बन्द भएको छ । नेपालीहरू रोजगारीका लागि विश्वका एक सय ८० देशमा पुगेका छन् । 


नेपालका युवा नगएपछि विदेशस्थित रोजगारदाताले अर्को देशमा पुगेर नेपाली कामदार मगाउने झन्झट गर्दैनन् । उनीहरूले अन्य सहज मुलुकबाट कामदार मगाउँछन् ।

वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको छ । नेपाल राष्ट बैंकको तथ्यांकअनुसार गत आव २०७४÷७५ मा ८ खर्ब ६४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

व्यक्तिग पहलमा वैदेशिक रोजगारीमा जानेका लागि मन्त्रालयले लागू गरेको नयाँ नियमावलीले अर्थतन्त्रमा प्रतिकुल असर त पर्छ नै, साथै श्रम बजारको आकर्षक मुलुक कोरिया, जापान, अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका जस्ता मुलुकका रोजगारदातामा समेत नकारात्मक सन्देश जाने भएकोले यसतर्फ सरकार बेलैमा सचेत हुन आवश्यक छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।