बिहीबार, वैशाख १३, २०८१

लेवान्डोस्कीको कीर्तिमानी गोलमा हारबाट जोगियो बायर्न

जर्मन बुन्डेसलिगाअन्तर्गत लिगको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिख हारबाट जोगिएको छ।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

काठमाडौं– जर्मन बुन्डेसलिगाअन्तर्गत लिगको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिख हारबाट जोगिएको छ।

triton college

बोरुसिया मोन्छेनग्लाडबाखको मैदान बोरुसिया पार्कमा शुक्रबार राति भएको खेलमा घरेलु टिमसँग १–१ गोलको बराबरी खेल्दै बायर्न हारबाट जोगिएको हो।

खेलको नवौं मिनेमै ग्लाडबाखका एलासानले प्लिले गोल गरेपछि बायर्न एक गोलले पछि परेको थियो। तर, पहिलो हाफकै ४२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले र्कीर्तिमानी गोल गरेर बायर्नलाई हारबाट माथि ल्याए।

जोसुवा किमिचले प्रहार गरेको कर्नर बलमा उनले गोलको खाता खोलेका हुन्। लेवान्डोस्कीले बुन्डेसलिगाको लगातार सात सिजनमा ओपनिङ गोल गरेका छन्। 

साथै उनले बुन्डेसलिगाका लगातार ११ खेलमा गोल गर्दै यस दौरान १८ गोल पुर्‍याएका छन्। यता नवौं सिजन लगातार उपाधि जितको बायर्नले खेलमा पहिलो अग्रता बनाउन भने चुकेको थियो।

corrent noodles
Metro Mart

अधिक समय बलमा नियन्त्रण बनाएको बायर्नले ग्लाडबाखको पोस्तर्फ २१ प्रहार गरे पनि एकबाहेक सबै प्रयास खेर गएका थिए। यता ग्लाडबाखले पनि नवौँ मिनेटको प्रहार बाहेक अन्य प्रहारलाई गोलमा बादल्न सकेन्। लेवान्डोस्की र स्टिन्डी दोस्रो हाफमा विजयी गोल नजिक पुगे पनि गोल गर्न सकेनन्।

यो बराबरीसँगै लिगको पहिलो खेलमा बायर्न र ग्लाडबाखले समान १–१ अंक बाँडेका छन्। पछिल्लो सिजन बायर्नलाई लिगको उपाधि दिलाएका हान्सि फ्लिकले अहिले क्लब छोडिसकेका छन्।

उनको स्थानमा जुलियन नागेस्मेनले प्रशिक्षणको जिम्मेवारी पाएका छन्। बुन्डेलिगा क्लब आरबी लाइप्जिकका ३४ वर्षे पूर्व प्रशिक्षक नागेस्मेनलले लिगमा आफूलाई उत्कृष्ट सावित गर्दै नयाँ क्लब क्लब लाइप्जिकलाई पछिल्लो सिजनमा लिगको उपविजेता बनाएका थिए।

प्रकाशित: Aug 14, 2021| 06:57 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।