बुधबार, वैशाख ५, २०८१

निर्मलाको न्याय माग्दै तरुणले बुझायो ज्ञापनपत्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- कञ्‍चनपुरमा बलात्‍कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

सरकारले पाँच महिना बित्‍न लाग्दा पनि अपराधी पत्ता लगाउन नसकेको भन्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलार्इ ज्ञापनपत्र बुझाइएको नेपाल तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाहले बताए। 

ओली सरकार गठन भएपछि अराजकता बढेको, मुल्यवृद्धी, अन्याय अत्याचार बढेको, नेपाल एयरलाइन्सको वाइड बडी खरिदमा भ्रष्टचार भएको, राष्ट्रपतिलाई १८ करोडको गाडि खरिद प्रकरण, निर्मला पन्तको हत्यामा संलगन आरोपी पत्ता लगाउन उदासिनता देखाएको जस्ता घटनाको विरोधमा ७७ वटै जिल्ला प्रशासन  कार्यलय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बताए।

तरुण दलले दशैं अघि पेट्रोलियम पदार्थको मुल्यवृद्धी, निर्मला पन्त हत्यालगायतका बिषयमा विरोध गर्दै देशव्यापी आन्दोलन गरेपनि चाडबाडका कारण आन्दोलन स्थगित गरेको थियो। 

सरकारले भ्रष्टाचार र अराजक गतिविधिलार्इ प्रश्रय दिए कडा आन्दोलनमा उत्रिने तरुणले चेतावनी दिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।