मंगलबार, वैशाख ११, २०८१

नविनले ल्याए सुदूरपश्चिम चिनाउने लोक गीत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी – लोक गायक नविन पौडेलले ‘घर मेरो सुदूरपश्चिम’ बोलको गीती एल्वम बजारमा ल्याएका छन्। उनले एल्वमको सुरुवाती गीतमै अछाम रामारोशन र खप्तडको चर्चा गरेका छन्। 

अछाम रामारोशन, खप्तड मेला डोटीमा
मन मेरो लुटि लगेउनी, आएको पहिलो चोटीमा 


माथीका दुर्इ लाइन उनकाे एल्वममा समावेश गीतका दुर्इ लाइन हुन्। पौडेलको जन्मथलो पाल्पा हो। तर उनको एल्वममा सिंगो सुदूरपश्चिम समेटिएको छ। सुदूरको कला, सस्कृति, पर्यटन र भौगोलिक अवस्थाको चर्चा उनका गीतमा पाइन्छ।

गायक नविनले आफ्ना गीतमा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका प्रमुख पर्यटकिय स्थलहरुको वर्णन गरेका छन्। गीतमा उनलाई गायिका सम्झना भण्डारीले साथ दिएकी छन्। 

झिलमिला ताल कञ्चनपुर रंग फेर्छ मैना मैनामा
आफैमा दंग पर्दो हो हेर्न पाए ऐना ऐनामा 


यो गीतमा उनले कञ्चनपुरमा रहेको झिमिला तालको वर्णन गरेका छन्। जुन ताल सुर्यको गतिसँगै आफ्नो रंग फेर्छ। यस्तै उनले कैलालीमा रहेको घोडाघोडी तालदेखि बझाङ सुर्मा सरोवरसम्मको वर्णन गीत मार्फत गरेका छन्। 

घोडाघोडी ताल कैलाली बझाङ्ग सुर्मा सरोवर
यिनै हुन हाम्रा सम्पति यो देशका धरोहर 


नविनले सुदूरपश्चिममा मनोरम पर्यटकिय गन्तव्य रहेको र तीनैका प्रचारका लागि आफूले गीत गाएको बताए। उनले आफ्ना गीतबाट सुदूरको पर्यटनमा टेवा पुगोस भन्ने चाहेको बताए। मेला महोत्सवहरुमा सहभागि हुन सुदूरपश्चिम आउँदा यहाँको कला सस्कृति, भेषभुषा र पर्यटकिय क्षेत्रले आफ्नो मन तानेको उनको भनाई छ। 

गीतिएल्वम्को आइतबार धनगढीमा बिमोचन गरिएको छ । गीतको बिमोचन गर्दै सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले पश्चिमको पाल्पामा जन्मेको कलाकारले सुदूरपश्चिम झल्किने गीत गाउनु तारिफयोग्य कार्य भएको बताए। 

यस्तै नेपाल पर्यटन बोर्डको बिज्ञ समूहका सदस्य सञ्जय कुमार चौधरीले सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लाका पर्यटकिय गन्तव्यलाई समेटेर तयार पारिएको गीतले पर्टयन प्रवद्र्धनमा टेवा पु-याउने विश्वास व्यक्त गरे।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्