बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • 'क्रिश्‍चियन समिट' को समापनमा ओलीलाई किन दिइयो एक लाख डलर पुरस्कार ?

'क्रिश्‍चियन समिट' को समापनमा ओलीलाई किन दिइयो एक लाख डलर पुरस्कार ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– क्रिश्चिन धर्म प्रचार तथा प्रवर्द्धनका लागि क्रियाशिल संस्था युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक लाख अमेरिकी डलरको पुरस्कार दिएको छ। 

एसिया प्यासिफिक समिटको समापनको दिन आइतबा ओलीलाई यो पुरस्कार दिइएको हो । धर्म प्रचार तथा प्रवद्र्धनका लागि क्रियाशिल एनजिओको कार्यक्रममा सहआयोजक भनेर सरकारले धार्मिक संवेदनशिलतालाई उपेक्षा गरेको आलोचना भइरहेका बेला प्रधानमन्त्री पुरस्कृत हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपालमा क्रिश्चिन प्रचार र प्रवर्द्धनको डिजाइनसहित आयोजना गरिएको समिटलाई राजकीय सहयोग तथा सम्मान प्रदान गरेको कारण  प्रधानमन्त्रीलाई यस्तो पुरस्कार दिइएको स्रोतले बताएको छ । पुरस्कारको नाम ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’रहेको छ । 

आइतबार सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । 

कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरे।

एसिया प्यासेफिक समिटमा सहभागी युनिफिकेशन चर्चकी प्रमुख हक जा हनबाट प्रधानमन्त्री केपी ओली र राधिका शाक्यसहित पन्ध्रसय दम्मपत्तिले आर्शीवाद लिने कार्यक्रम भए पनि व्यापक विरोध भएपछि अन्तिम क्षणमा स्थगित भएको छ। यो सूचीमा विभिन्न दलका नेताहरु, उच्च पदस्थ सरकारी अधिकारी भएपनि नागरिक आलोचनापछि सर्वसाधारण जोडिहरूमात्र आशिर्वाद लिन पुगेका थिए ।

नेपाललाई धर्म प्रचारको अखडा बनाउन खोजिएको र सरकार यसमा उदार र उदासिन देखिएको भन्दै सामाजिक संजालमा व्यापक आलोचना भएको छ । धर्म प्रचारकलाई राजकीय स्वागत गरेर सर्वसाधारणलाई सास्ती दिएको भन्दै नागरिकस्तरबाट विरोध भएको थियो।  क्रिश्चिन मिसिनरीलार्इ सहयोग पुग्‍ने गरी सरकारले सहयोग गरेको विषयमा नेकपा भित्रैबाट पनि विरोध र असनतुष्टि सुरू भएको छ ।

सुशासनबाटै समृद्धि सम्भव

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनबाट मात्रै समृद्धि सम्भव रहेको बताएका छन् ।

एसिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन बिना विकास सम्भव हुन नसक्ने बताए। उनले सरकार जनसेवाका सबै क्षेत्रहरुमा पारदर्शी तरिकाले सेवा दिन तयार रहेको। ‘सरकार जनअनुमोदिन भएकाले जनताप्रति उत्तरदायी छ । उत्तरदायित्व र जवाफदेहिता बिना सुशसन सम्भव छैन,’ उनले भने, ‘हामीले संविधानमै आवधिक निर्वाचन, कानुनको सम्मान र कानुनभन्दा माथि कोही पनि नहुने व्यवस्था गरेका छौं ।’

प्रधानमन्त्रीले भ्रष्टाचार पैसामा मात्र नभई नीति, विधि र शक्तिको दुरुपयोगलगायतका विषयमा पनि हुन सक्ने बताए । ‘तर, सरकारले शुन्य सहनशीलताको नीति अबलम्बन गरेकाले यी कुनै पनि प्रकारका भ्रष्टाचारमा सरकारले कारबाही गर्दछ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिहरुलाई उत्तरदायी र पारदर्शी हुन अपिल गरेका छन्।

सयौ जोडीलार्इ ब्लेसिङ 

एसिया प्यासिफिक सम्मेलनका नाममा आयोजना गरिएको कार्यक्रममा दक्षिण कोरियाकी धर्मगुरुले सयौं जोडीलार्इ आशिर्वाद दिइएको छ । नागरिक विरोधका कारण प्रधानमन्त्री दम्पत्ति भने कार्यक्रममा सहभागी भएनन् । यो कार्यक्रममा प्रधानमन्त्रीदेखि स्थानीय निकायका प्रमुखसम्मलाई निमन्त्रण गरिएको थियो । कार्यक्रम नै विवादास्पद भएपछि प्रधानमन्त्री, मन्त्रीहरु र अधिकांस स्थानीय निकायका प्रमुखले कार्यक्रम बहिष्कार गरेका थिए । 

'ब्लेसिङ' नाम दिएको उक्त कार्यक्रममा आशिर्वाद दिँदा रक्सी खुवाइएको थियो । कार्यक्रम सञ्चालनका क्रममा अंग्रेजी उद्घोषकले होली वाइन भनेपनि नेपाली उद्घोषकले भने होली वाटर भनेका थिए । यो वाइन प्लास्टिकको कपमा पहेँलो पदार्थ सबै जोडीहरुलाई घुट्क्याउन दिइएको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।