बिहीबार, वैशाख १३, २०८१

आफैंसँग झोक्किँदैछ कांग्रेस, यस्तोसम्म भयो बैठकमा!

‘हामीले बोल्दा, उहाँको आलोचना गर्दा उहाँले बीचमै रोकेर प्वाक्क जवाफ दिनुहुन्छ। कहिलेकाहीं झोक्किनुहुन्छ,’ इतर समूहका एक नेता भन्छन्, ‘उहाँमा फरक विचार सुन्ने, आलोचना सहने बानी नै छैन। रिसाइहाल्नुहुन्छ।’
 |  शुक्रबार, साउन २९, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, साउन २९, २०७८

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनका विषयमा छलफल गर्न बोलाइएको केन्द्रीय समिति बैठक दोस्रो दिन (शुक्रबार) पनि जारी रह्यो। बैठकमा क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन, समायोजन समितिको प्रतिवेदन र निर्वाचन कार्यतालिका पेस भएको छ। 

triton college

खासगरी भदौ १६ देखि १९ गतेसम्मका लागि तोकिएको महाधिवेशनमिति घर्किँदै गएपछि महाधिवेशन सार्ने निर्णय गर्न बैठक बोलाइएको हो। तर, विधानअनुसार केन्द्रीय समिति र मातहतका समितिको चारवर्षे कार्यकाल सकिएको, विधानअनुसार थप गर्ने मिल्ने एक वर्षको कार्यकाल सकेर संवैधानिक व्यवस्थाअनुसार थप्न मिल्ने ६ महिना पनि सकिने अवस्था देखिएपछि कांग्रेसको सांगठनिक वैधानिकता संकटमा पर्ने खतरासमेत छ।

सोही कारण यसअघि पाँच पटक महाधिवेशन मिति सारेको कांग्रेसलाई छैटौं पटक मिति सार्न सहज छैन। क्रियाशील विवाद समधान हुन सकेको छैन। केन्द्रीय समितिमा नेताहरुले क्रियाशील विवाद र महाधिवेशन मितिबारे आ–आफ्नो धारणा राखिरहेका छन्। बैठकमा बोल्ने अधिकांश नेताहरु दुई धारमा विभक्त छन्। 

संस्थापन समूहका नेताहरुले भदौ २३ गतेपछि महाधिवेशन गर्दा वैधानिकता समाप्त नहुने दाबी गरिरहेका छन्। महाधिवेशन सार्न कानुनी छिद्रको खोजी भइसकेकाले चिन्ता गर्न नपर्ने दाबी उनीहरुको छ। कतिपय नेताहरुले त आगामी निर्वाचनअघि महाधिवेशन नै गर्न नहुने दाबी गरेका छन्। 

इतर समूहका नेताहरुले चाँडोभन्दा क्रियाशील विवाद समधान गरेर कार्यतालिका ल्याएर महाधिवेशन गर्नुपर्ने बताइरहेका छन्। पार्टीलाई वैधानिक संकटमा पार्न नहुने उनीहरुको मत छ।

तर, इतर समूहका नेताहरुले चाँडोभन्दा क्रियाशील विवाद समधान गरेर कार्यतालिका ल्याएर महाधिवेशन गर्नुपर्ने बताइरहेका छन्। पार्टीलाई वैधानिक संकटमा पार्न नहुने उनीहरुको मत छ। यद्यपि दुवै पक्ष भदौ २३ अघि महाधिवेशन सम्भव नरहेको निष्कर्षमा पुगेका छन्। तर, महाधिवेशन कहिलेसम्मका लागि सार्ने भन्नेमा संस्थापन र इतर समूहबीच सहमति हुन सकेको छैन।  

corrent noodles
Metro Mart

नेताहरुबीच दिनहुँ नोकझोक

कांग्रेस बैठकमा नेताहरु दिनहुँ भनाभनमा उत्रिने गरेका छन्। बिहीबारको बैठकमा केन्द्रीय सदस्यद्वय मोहनबहादुर बस्नेतले अर्का केन्द्रीय सदस्य हृदयराम थानीलाई जवाफ दिँदै वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहार गरेका थिए। थानीले भनेका थिए, ’रामचन्द्र दाइ! हाम्रो जिल्लाको समस्या समाधान गरिदिनुपर्‍यो।’ 

यसको जवाफ भने पौडेलले दिन पाएनन्। बरु यसको जवाफ दिए सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने मोहन बस्नेतले। उनले रामचन्द्र पौडेलबाट कुनै पनि आस नगर्न थानीलाई आग्रह गरेका थिए। 

’गोविन्दराज जोशीलाई तह लाउन पुष्कर ओझालाई उहाँले सहिद बनाउनुभयो। थानीजी उहाँबाट के आस गर्नुहुन्छ?,’ थानीलाई बस्नेतले प्रतिप्रश्न गरेका थिए।   

यो नोकझोकको शृंखला शुक्रबारको बैठकमा पनि जारी रह्यो। शुक्रबार सभापति देउवा र नेता रामशरण महतबीच सवालजवाफ भएको थियो। बैठकमा धारणा राख्ने क्रममा महतले सभापति देउवाको जिल्ला डडेलधुरामा पनि क्रियाशील सदस्यताको विवाद रहेको बताएका थिए। त्यसपछि देउवा जंगिँदै महतलाई चुप लाग्नुस् भन्दै कड्किएका थिए। ‘तपाईं चुप लाग्नु्स्, नुवाकोटमा पनि त विवाद छ नि,’ देउवाले भने।

सभापति देउवाले बीचमै रोकेर तपाईंको नुवाकोटमा पनि विवाद छ नि भनेपछि महतले भने, ‘म बोल्दैछु, राम्रोसँग सुन्नुस् पहिला।’  

यो क्रम यत्तिकै रोकिएन। बाग्लुङबाट प्रतिनिधित्व गर्ने केन्द्रीय रत्ना शेरचनले आफ्ना कुरा राखिरहेकी थिइन्। खासगरी बाग्लुङमा संस्थापन पक्षले करिब सात सय फर्जी क्रियाशील सदस्यता थपेर पार्टी कब्जा गर्न खोजेको उनको आरोप थियो। 

 शेरचनलाई रोकेर देउवाले भनिहाले, ‘यहाँ उपस्थितमध्ये कसको चाहिँ झुट बोल्ने बानी छ? हामी पनि कहाँ झुट बोल्छौं र? कोही छ त झुट बोल्ने?’ शेरचनले बोलिरहँदा देउवाले सेन्स अफ ह्युमर प्रयोग गरेपछि बैठकस्थलमा हाँसो गुञ्जिएको थियो। 

यही विषयमा कुरा राखिरहँदा शेरचनले भनिन्, ‘मेरो झुट बोल्ने बानी छैन, बोल्ने गरेको पनि छैन।’ शेरचनले यसो भनिरहँदा देउवाले रोकेर भनिहाले, ‘यहाँ उपस्थितमध्ये कसको चाहिँ झुट बोल्ने बानी छ? हामी पनि कहाँ झुट बोल्छौं र? कोही छ त झुट बोल्ने?’ शेरचनले बोलिरहँदा देउवाले सेन्स अफ ह्युमर प्रयोग गरेपछि बैठकस्थलमा हाँसो गुञ्जिएको थियो।  

राजीनामा प्रकरणले गर्माएको बैठक 

बिहीबारको बैठक समापनतर्फ अघि बढ्दै थियो। तर, २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा बुझाए। आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले राजीनामाको घोषणा गरे भने कृष्णकिशोर घिमिरेले राजीनामापत्र बुझाए। आफूहरुलाई अपमानित गरिएकाले राजीनामा दिनुपरेको उनीहरुको भनाइ थियो। आमन्त्रित केन्द्रीय सदस्यहरु स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था कांग्रेसको विधानमा छैन। तर, केन्द्रीय सदस्य, पदाधिकारी भने स्वत: महाधिवेशन प्रतिनिधि हुन पाउँछन्। यही विषयमा आफूहरुलाई हेपिएको भन्दै उनीहरुले राजीनामा बुझाए। उनीहरुले आमन्त्रित केन्द्रीय सदस्यहरु पनि स्वत: महाधिवेशन प्रतिनिधि हुनुपर्ने माग राखेका छन्। 

वरिष्ठ नेता पौडेलले भनेका थिए, ‘म पनि वडाबाटै चुनिएर आउने हो, विधानमा भएको व्यवस्था परिवर्तन गर्न मिल्दैन। कि सभापतिले विधान संशोधन प्रस्ताव ल्याउनुपर्‍यो।'

राजीनामा दिनेमध्येका जनकराज कलौनी बालिरहेका थिए। उनको भनाइ पनि उही थियो– सम्मान भएन, अपमानित गर्न खोजियो। उनले भनाइ अन्त्य गरेपछि बैठक स्थल गर्माएको थियो। सभापति देउवा  र वरिष्ठ नेता पौडेल दुवै कडा रूपमा प्रस्तुत भएका थिए। वरिष्ठ नेता पौडेलले आमन्त्रित केन्द्रीय सदस्यहरुको मागप्रति असहमति जनाएका थिए। उनले भनेका थिए, ‘म पनि वडाबाटै चुनिएर आउने हो, विधानमा भएको व्यवस्था परिवर्तन गर्न मिल्दैन। कि सभापतिले विधान संशोधन प्रस्ताव ल्याउनुपर्‍यो। होइन भने विधानमा नभएको व्यवस्था तपाईंहरुका लागि मात्रै कसरी गर्ने ? राजीनामा नदिनुस्।’

बैठक स्थलमा हल्ला भइरहेको थियो। त्यही कारण देउवाले ठूलो स्वरमा भनेका थिए, ‘राजीनामा दिनेको माग सुन्छौं। महाधिवेशनमा पनि यसबारे छलफल हु । कसैलाई पनि अन्याय हुन दिइन्नँ।’ त्यसपछि देउवाले बिहीबारको बैठक सकिएको घोषणा गरेका थिए। 

बोल्दाबोल्दै रोक्छन् देउवा 

बैठकमा सभापति देउवाले नेताहरुले धारणा राख्दा उनीहरुलाई बीचमै रोक्ने गरेका छन्। बिहीबारको बैठकमा राप्रपा परित्याग गरी कांग्रेस छिरेका डोल्पाका नेता कर्ण बुढाले क्रियाशील सदस्य नदिइएको प्रति असन्तुष्टि पोखेका थिए। ’हामी लामो समय अर्को कुनै पार्टीमा काम गरेर नेपाली कांग्रेस प्रवेश गरेका हौं। तर हामीले अझसम्म क्रियाशील सदस्यता पाएका छैनौं। निकट भविष्यमा नै कांग्रेसको महाधिवशेन आउँदैछ। क्रियाशील सदस्यता नभएपछि कसरी महाधिवेशनमा भाग लिने? यो त हामीमाथि अन्याय भयो। हामीलाई क्रियाशील सदस्यता उपलब्ध गराइयोस्। डोल्पामा कांग्रेसले चुनाव जित्ने वातावरण बन्छ।’

बुढा बोल्ने क्रम जारी थियो। उनले आफ्ना भनाइ राखिसकेकै थिएनन्। तर देउवाले बीचैमा बुढालाई रोकेर भने, ’तपाईंले न्याय पाउनुहुन्छ। मैले कुरा बुझें। अब भोलि, भोलि, भोलि!’

बिहीबारको बैठकमा नेता धनराज गुरुङले देउवाको प्रशंसामा बनाइएका भिडियो सामग्रीबारे असन्तुष्टि व्यक्त गरेका थिए। ‘जसरी केपी ओलीलाई ’आइ लभ यु बा’ भनियो। बालुवाटारबाट बालकोट जाँदा नारा लगाइयो। त्यस्तो प्रवृत्तिबाट हामी आजित थियौं। सभापतिजी पनि प्रधानमन्त्री बनेपछि भिडियो बनाएर त्यही प्रवृत्ति देखाउन खोजियो,’ गुरुङले भनेका थिए, ‘त्यो काम तुरुन्तै बन्द गर्नुस्, यसरी भजन गाएर सरकार सफल हुँदैन।’ 

गुरुङको प्रश्नको जवाफको दिँदै देउवाले भनेका थिए, ‘ए बाबा मैले त्यस्ता भिडियो नबनाउन निर्देशन दिइसकेको छु। अब बन्दैनन्, ढुक्क हुनुस् न।’

नेता महतले डडेल्धुराको विवादको कुरा उठाएपछि उनले बीचमै रोकेर जवाफ दिएका थिए। यस्तै शेरचनले बोल्दासमेत देउवाले बीचमै रोकेर जवाफ दिएका थिए। फरक विचार आउँदा देउवाले बीचमा रोक्ने गरेको गुनासो इतर समूहका नेताहरुको छ। ‘हामीले बोल्दा, उहाँको आलोचना गर्दा उहाँले बीचमै रोकेर प्वाक्क जवाफ दिनुहुन्छ। कहिलेकाहीं झोक्किनुहुन्छ,’ इतर समूहका एक नेता भन्छन्, ‘उहाँमा फरक विचार सुन्ने, आलोचना सहने बानी नै छैन। रिसाइहाल्नुहुन्छ।’ 

रामचन्द्रको आक्रोश– साथीहरुले महाधिवेशन नगर्ने कुरा गरे  

बैठकपछि बाहिरिने क्रममा वरिष्ठ नेता पौडेल आक्रोशित थिए। खागगरी आमन्त्रित केन्द्रीय सदस्यको राजीनामा र उनीहरुको मागप्रति पौडेल सन्तुष्ट थिएनन्। सँगै महाधिवेशन नै नगर्ने प्रस्ताव नेताहरुले ल्याएको प्रति उनको आक्रोश थियो। उनले बाहिरिने क्रममा भने, 'साथीहरुले महाधिवेशन नै रोक्ने प्रस्ताव ल्याए।' तर, कसले ल्यायो भनेर चाहिँ खुलाएनन्। 

‘स्थानीय तह र प्रदेश र प्रतिनिधिसभाको निर्वाचनअघि महाधिवेशनमा जानुहुन्न। स्थानीय चुनावअघि महाधिवेशनमा गयो भने पार्टीभित्रै द्वन्द्व हुन सक्छ। जसले पार्टी नराम्ररी हार्न सक्छ।’ 

तर, संस्थापन पक्षका मीन विश्वकर्मा र बहादुरसिंह लामाले बैठकमा राखेको धारणाप्रति पौडेल आक्रोशित रहेछन्। विश्वकर्माले महाधिवेशन रोक्ने उपायबारे धारणा राखेका थिए। ‘अहिले कोरोना महामारी छ। यस्तो बेला सर्वोच्च अदालतबाट कांग्रेसको महाधिवेशन सार्न सकिन्छ। म मेरो वडामा कोरोना महामारीका कारण जान असमर्थ छु। अधिवेशन रोकेर मेरो निर्वाचनमा भाग लिने अधिकार रक्षा गरिपाऊँ भनेर रिट लिएर गयो भने अदालतले कांग्रेस महाधिवेशन सारिदिन्छ,’ उनले भनेका थिए। 

लामाले भने निर्वाचनअघि महाधिवेशन नै गर्न नहुने धारणा राखेका थिए। ‘स्थानीय तह र प्रदेश र प्रतिनिधिसभाको निर्वाचनअघि महाधिवेशनमा जानुहुन्न। स्थानीय चुनावअघि महाधिवेशनमा गयो भने पार्टीभित्रै द्वन्द्व हुन सक्छ। जसले पार्टी नराम्ररी हार्न सक्छ,’ उनले भनेका थिए। 

देउवालाई व्यंग्य– विधान मिचियो, अब संविधान मिच्ने हो 

बैठक चलिरहँदा दुई युवा नेता बैठक स्थलबाट बाहिरिए। उनीहरु सभापति देउवाप्रति व्यंग्य गरिरहेका थिए। देउवाले पार्टीको विधान मिचेको र अब संवैधानिक व्यवस्थाअनुसार महाविधेशनसमेत नगर्ने स्थिति बनेको प्रति उनीहरुको व्यंग्य थियो। ‘पार्टीको विधान मिचिएकै हो, अब संविधान पनि मिचिन्छ,’ उनीहरु भन्दै थिए, ‘भदौ २३ अघि वडा अधिवेशन गरे पनि वा पछि गरे पनि वैधानिकता जोगिने होइन। मुद्दा हाले लागिहाल्ला। महाविधेशन नै भए बेग्लै कुरा।’ 

र अन्तिममा, ‘पत्रकारलाई बाहिर निकाल्ने आदेश छ’

बिहीबारको बैठक सकिइसकेको थियो। अधिकांश नेताहरु बाहिरिसकेका थिए। सभापति देउवासहितका संस्थापन पक्षका नेताहरु भित्रै थिए। पत्रकारहरु प्रवक्ता विश्वप्रकाश शर्माको प्रतीक्षामा थिए। बैठक बारेका आधिकारिक सूचना प्रवक्तामार्फत पाइने आस उनीहरुको थियो। तर, शर्मा सदाझैं पत्रकारहरुमाझ बैठकबारे जानकारी दिन आएनन्। बरु सुरक्षाकर्मी आइपुगे। उनीहरुले भने, ‘तपाईंहरु तुरुन्त यहाँबाट निस्किुस्।’ जवाफमा पत्रकारहरुले भने, 'हामी प्रवक्तालाई कुरिरहेका छौं।' तर, सुरक्षाकर्मीले पत्रकारको कुरा सुनेनन् र भने, ‘यहाँ सूचना दिने कोही छैन। पत्रकारलाई तुरुन्त निकाल्नु भन्ने आदेश छ। जे गर्नु छ, गेट बाहिर गएर गर्नुस्।’ 

प्रकाशित: Aug 13, 2021| 22:06 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...