मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • मौद्रिक नीतिमा कर्जाको पुनर्तालिकीकरण स्वागतयोग्य : राणा

मौद्रिक नीतिमा कर्जाको पुनर्तालिकीकरण स्वागतयोग्य : राणा

कोरोना महामारीबाट बढी प्रभावित क्षेत्र हेरेर कर्जाको पुनर्तालिकिकरण गर्ने मौद्रिक नीतिको व्यवस्था स्वागतयोग्य रहेको निजी क्षेत्रले प्रतिक्रिया दिएको छ।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं– कोरोना महामारीबाट बढी प्रभावित क्षेत्र हेरेर कर्जाको पुनर्तालिकिकरण गर्ने मौद्रिक नीतिको व्यवस्था स्वागतयोग्य रहेको निजी क्षेत्रले प्रतिक्रिया दिएको छ। 

triton college

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले पुनर्तालिकिकरणे व्यवस्था स्वागतयोग्य रहेको बताइन्। ‘निजी क्षेत्रले चाहे अनुसार पुराना व्यवस्थाहरुलाई निरन्तरता नै दिइएको छ,’ उनले भनिन्, ‘यसले क्षेत्रगत रुपमा बढी प्रभावित क्षेत्रहरु पर्यटन क्षेत्रहरु लगायतलाई अझ बढी राहत दिएको छ।’ 

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको नीतिमा कोभिड १९ कारणले प्रभावित क्षेत्रहरुलाई पुनरुत्थान गरिने उल्लेख छ। ‘कोभिड १९ महामारीका कारण संकटग्रस्त उद्योग पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, ब्यायामाला, सिनेमा तथा मनोरन्जन उद्योग लगायतका व्यवसाय पुनरुत्थानको लागि व्यवसाय निरन्तरता कर्जा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने छ,’ मौद्रिक नीतिमा भनिएको छ, ‘कोभिड १९ महामारीले समग्र अर्थतन्त्रमा पारेको प्रभाव समेतलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रदान गरेको ऋणी फर्म, कम्पनी वा संस्था लगाता २ वर्षसम्म खुद नोक्सानीमा रहेमा सुक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरी लागातार ३ वर्षसम्म खुद नोक्सानीमा रहेमा मात्र सुक्ष्म निगरानी वर्गमा वर्गाीकरण गर्नुपर्ने व्यवस्था गरिने छ।’

राष्ट्र बैंकले गरेको उक्त व्यवस्था एकदमै स्वागतयोग्य रहेको राणाले बताइन्। राष्ट्र बैंकले चालु आर्थिक वर्षमा उत्पादनशील अर्थतन्त्र निर्माणको लागि उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशिलता विकास गर्न सरकारको सहुलियतपूर्ण कर्जा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने बताएको छ।

त्यस्तै कोभिड १९ महामारीबाट प्रभावित उद्योग व्यवसायको सिघ्र पुनरुत्थानको लागि कार्यान्वयमा ल्याइएको पुनर्कर्जालाई निरन्तरता दिइने मौद्रिक नीतिमा उल्लेख गरिएको छ। गत आर्थिक वर्षमा व्यवस्था गरिएको पुनर्कर्जा रकमको अधिकतम सीमा नघट्ने गरी पुनर्कर्जा सुविधा उपलब्ध हुने पनि बताइएको छ।

corrent noodles
Metro Mart

मौद्रिक नीतिले पर्यटन क्षेत्रका लागि आगामी वर्षसम्मको ब्याजको छुट्टै व्यवस्था गर्ने उल्लेख गरेको छ। उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष राणाले निजी क्षेत्रले माग गरे अनुसारको मौद्रिक नीति आएको बताइन्।


प्रकाशित: Aug 13, 2021| 21:57 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्