शनिबार, वैशाख ८, २०८१

वीरगञ्‍जमा हरियो तरकारीको बजार सस्तियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
वीरगञ्‍ज-उत्पादनमा वृद्धि भएपछि यसवर्ष हिउँदमा हरियो तरकारीको बजार सस्तिएको छ। पर्याप्त उत्पादनसँगै स्थानीय बजारमा तरकारीको आपूर्ति पर्याप्त मात्रामा भएकाले तरकारीको भाउमा गिरावट आएको हो ।

तरकारी तथा फलफूल व्यवसायी सङ्घ पर्साका अध्यक्ष विदुर गुप्ताले पर्सा र छिमेकी जिल्ला बारामा हरियो तरकारीको उत्पादन अत्यधिक भएकाले यसपटक हिउँदमा उपभोक्तालाई हरियो तरकारीमा राहत मिलेको बताए । 

गतवर्ष दशैंदेखि छठ पर्वसम्मको अवधिमा काउली प्रतिकिलो एक सय ५० रुपैयाँसम्म बिक्री भएको थियो । अहिले प्रतिकिलो १५ देखि २५ रुपैयाँ सम्ममा बिक्री भइरहेको व्यापारीले बताए ।
फलफूल तथा तरकारी व्यवसायी संघका अनुसार   आलु, प्याज र हरियो तरकारी समेत दैनिक ६० टन तरकारीको माग हुन्छ।

बाराको सिम्रौनगढ र मकवानपुरको पालुङ बाट आलु आयात गरिएपनि ठूलो परिमाणमा आलु र  प्याज भारतबाटै पैठारी हुँदै आएको छ । हरियो तरकारी पर्सा, बारा र मकवानपुरबाट आपूर्ति हुन्छ। 

स्थानीय बजारमा प्रतिक्विन्टलमा नयाँ आलु  ३ हजार १ सय, पुरानो आलु २ हजार ८  सय, नयाँ प्याज ३ हजार १ सय, पुरानो प्याज २ हजार ७ सय रुपैयाँमा बिक्री भइरहेको छ। 

यसैगरी, थोक बजारमा हरियो केराउ ७०, काउली १५, बन्दा काउली १५, गोलभेंडा ४५, तोरीको साग १५, भन्टा २५, मुला ५, परवर ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। लौका प्रतिगोटा २५ रुपैयाँमा बिक्री भइरहेको अध्यक्ष गुप्ताले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।