काठमाडौं- हिमाली भु-भागका केही स्थानहरुमा हिमपात सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। शनिबार जुम्लाको न्यूनतम तापक्रमा माइनस ३ डिग्री सेल्सियसमा झरेको छ।
शुक्रबार जुम्लाको तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस थियो। शुक्रबर ३ दशमलव ५ डिग्री मापन गरिएको जिरीको तापक्रम शनिबार २ डिग्री सेल्सियस पुगेको छ।
जोमसोमको तापक्रम शनिबार ३ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ। शुक्रबार जोमसोमको तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो। दिपायल, विरेन्द्रनगर, ओखलढुंगा र लुम्लेको तापक्रम समान ८ डिग्री मापन गरिएको छ।
शुक्रबार न्यूनतम तापक्रम ८ दशमलव ८ डिग्री सेल्सियस रहेको काठमाडौंको तापक्रम शनिबार बिहान ७ दशमलव ४ डिग्री सेल्सियस रहेको छ।
डडेल्धुराको तापक्रम ६ दशमलव ९ डिग्री सेल्सियस छ भने ताप्लेजुङको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ।
आज दिउँसो देशको पहाडि भू-भागमा आंशिक बदलि रहने तथा अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ| महाशाखाका अनुसार उच्च हिमाली भु-भागका केही स्थानहरुमा हल्का हिमपातको हुनेछ। साथै पूर्वी पहाडि भू-भागका १-२ स्थानमा क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।
काठमाडौंमा आज बिहान सूर्योदय ६ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त बेलुका ५ बजेर ९ मिनेटमा हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४