शुक्रबार, वैशाख १४, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज मंसिर १४ गते शुक्रबार कहाँ, के-के भयो ? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

'देउवाजी असफल हुनुभयो'

डा. रामशरण महत नेपाली कांग्रेसका पाका नेता हुन्। आर्थिक मामिलामा विशेष दख्खल राख्ने महत राजनीतिक मामिलामा पनि उत्तिकै प्रखर छन्। बौद्धिक छवि र शालिन व्यक्तित्वका कारण कांग्रेसभित्र उनको बेग्लै पहिचान छ। गुटबन्दीमा नलाग्ने रामशरणको पार्टीमा झन्डै चार दसक लामो लगानी छ। 

एसिया प्यासिफिक समिटको पर्दापछाडि क्रिस्चियन प्रचारको डिजाइन

काठमाडौंमा शुक्रबार सुरु हुन लागेको एसिया प्यासिफिक समिटको पर्दापछाडि क्रिस्चियन धर्म प्रवद्र्धनको डिजाइन रहेको खुलासा भएको छ। एसिया प्रशान्त क्षेत्रका राष्ट्रप्रमुख, सरकार प्रमुख, उच्च अधिकारी र धार्मिक प्रतिनिधिसहित करिब दुई हजार बढी विदेशी पाहुना काठमाडौं आएका छन्।

नागरिक अवज्ञापछि जोरबिजोर हटाउन सरकार बाध्य

व्यापक बिरोध र आलोचनापछि सरकारले जोर बिजोर प्रणाली हटाएको छ । धर्मप्रचारक विदेशी पाहुनाहरुलाई स्वागत गर्ने नाममा सर्वसाधारणलाई सास्ती दिएको भन्दै नागरिकस्तरबाटै अवज्ञा अभियान सुरु भएपछि यो प्रणाली हटाउन सरकार बाध्य भएको हो । 

'नट-आउट' इमरानको सय दिनको विस्फोटक ब्याटिङ

चर्चित क्रिकेटर इमरान खानले पाकिस्तानमा शासकीय बागडोर सम्हालेको सय दिनमै आशा जगाएका छन्। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सय दिनमा अस्थिर र अशान्त पाकिस्तानको राजनीतिक कोर्षलार्इ 'लिक' ल्याउने कोसिस गरेका छन्। 

स्कुलमा ताला लगाएर शिक्षक सडकमा (फोटो/भिडियो)

शिक्षक, गुरु, अगुवा, मार्गदर्शक, पथप्रदर्शक जे नामले सम्बोधन गरे पनि शिक्षण पेसामा आबद्ध व्यक्तित्वलाई सम्मान गर्नु हाम्रो सदाचारभित्र पर्दछ। लाखौं बालबालिकाको भविष्य निर्माणको जिम्मेवारी लिएका यी अगुवाहरूले कक्षाकोठा छाडेर सडकमा उत्रिएपछि यी अगुवाहरूलाई बालबालिकाले के भन्लान्? 

एक अर्ब १४ करोडमा जनकपुर सुन्‍दर बनाइने

प्रदेश २ को राजधानी जनकपुरलाई सुन्दर बनाउन १ अर्ब १४ करोडको आयोजना ल्याइएको छ। जनकपुरको सौन्दर्यीकरणका साथै यहाँ रहेका धार्मिक तथा ऐतिहासिक पोखरी संवद्र्धनका लागि आयोजना ल्याइएको हो।

सुकीलाई स्कर्टिङ गरेको बाइक माइक्रोसँग ठोक्कियो, चालकलाई सडकमै कुटियो (भिडियो)

काठमाडौंमा रहेका म्यानमारकी स्टेट काउन्सिलर आन साङ सुकीको कारगेडलाई स्कर्टिङ गरिरहेको ट्राफिक बाइक माइक्रोसँग ठोक्किएको छ। सुकी ललितपुरस्थित म्यानमार राजदूतबाट सोल्टी होटल फर्कने क्रममा बिहीबार साँझ बा१ज ६५७७ नीलो माइक्रोसँग स्कर्टिङ गरेको बाइक ठोक्किएको थियो। 

निर्मलाको न्‍याय माग्दै पोस्टर टाँस्‍ने १२ जना पक्राउ

कञ्चनपुरमा हत्या भएकी १३ वर्षीया निर्मला पन्तको पोस्टर टाँस्ने १२ जना पक्राउ परेका छन्। काठमाडौंका विभिन्न स्थानमा बलात्कारपछि हत्या भएकी निर्मलाको न्यायको माग गर्दैं पोस्टर टास्नेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। 

कञ्चनपुरमा ६९ बर्षीय वृद्धद्वारा १० वर्षीया बालिका बलात्कृत   

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका १० सुकुम्बासी टोलकी १० बर्षीया बालिका वृद्धद्वारा बलात्कृत भएकी छिन् । स्थानीय ६९ बर्षीय ओमनाथ पौडेलले खानेकुराको प्रलोभन देखाएर बालिका बलात्कार गरेको खुलासा भएको हो । 

'बाँच्‍न दे सरकार, श्वास फेर्न दे'

नेपाल विद्यार्थी सङ्घले काठमाडौँ उपत्यकाभित्र भइरहेको धूलो, धुवाँ र वातावरण प्रदूषणको विरोधमा ‘मास्क मुभमेन्ट’ अभियान सुरु गरेको छ। नेविसंघले नेपाल कलेज अफ इन्फरमेशन एण्ड टेक्नोलोजी (एनसीआइटी) कलेज बालकुमारीबाट आज ‘बाँच्न दे सरकार, श्वास फेर्न दे सरकार’ लेखिएको माक्स लगाएर उक्त अभियानको सुरुवात गरेको हो। 

कांग्रेसको विधान संशोधनमा छलफल जारी

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विधान संशोधन मस्यौदामाथि छलफल जारी राखेको छ। मुलुक संघीय संरचनामा गएपछि पार्टीको विधानलाई पनि सोहीअनुसार लैजान विधान संशोधन समितिले तयार पारेको विधान मस्यौदामाथिको छलफल शुक्रबार पनि जारी छ।

मोबाइल टावर खोज्‍ने क्रममा युवकको लडेर मृत्यु

मोबाइलमा वाईफाईको नेटवर्क खोजी गर्दै हिँड्ने क्रममा लडेर एक जनाको ज्‍यान गएको छ। जिल्लाको म्याङलुङ् नगरपालिका-९ साब्ला बस्ने १८ वर्षीय महेन्द्र तामाङको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ। 

खरको छानामा आगो नलाग्ने प्रविधि आयो

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने प्रविधिको विकास गरेको छ । यो प्रविधिको प्रयोगबाट खरको छाना भएका घरलाई आगोबाट बचाउन सकिन्छ ।

नेपाल-म्यान्मार व्यापार सम्झौता : व्यवस्थित रुपमा दाल ल्याइने 

नेपाल र मित्र राष्ट्र म्यान्मारबीच पहिलो पटक शुक्रबार व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका म्यान्मारका स्टेट काउन्सिलर आङ सान सुकीबीच भएको अलग-अलग भेट र द्विपक्षीय वार्तापछि उनीहरुको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो।

नियमित गर्भ जाँच गराउनेलाई अण्डा उपहार

जिल्लाको काठेखोला गाउँपालिकाले गर्भवतीको पोषणमा सहयोग पर्‍याउने उद्देश्यले अण्डा वितरण अभियानको शुरुआत गरेको छ। गर्भवतीलाई नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा ध्यान पुर्‍याउने भन्दै गाउँपालिकाले नियमित गर्भ जाँच गराउनेलाई अण्डा वितरण गर्ने अभियान थालेको हो । 

श्रृंखलाले पार गरिन् अर्को खुड्‍‍किलो

मिस वर्ल्डको बलियो प्रतिस्पर्धीको रुपमा रहेकी नेपाली चेली श्रृंखला खतिवडा 'हेड टु हेड च्यालेन्ज' जित्दै उत्कृष्ट ३० मा पर्न सफल भएकी छन्। चीनमा जारी प्रतियोगिताको ६८ औं संस्करणमा १२० देशका सुन्दरीमध्ये सबैभन्दा धेरै भोट पाइरहेकी खतिवडा 'हेड टु हेड च्यालेन्ज' पनि जित्न सफल भएकी छन्। 

‘२.०’ले पहिलो दिनमै तोड्यो रेकर्ड

भारतीय स्टारद्वय अक्षय कुमार र रजनीकान्तको फिल्म २.० बुधबार रिलीज भएको छ। फिल्मले रिलीज भएको पहिलो दिनमै पोजेटिभ रेस्पोन्स पाएको छ। दक्षिण भारतका थुप्रै हलमा २.० को पहिलो सो विहान ४ बजेदेखि सुरु भएको थियो। विहानैदेखि फिल्म हल बाहिर दर्सकको बाक्लो उपस्थिति थियो। 

च्याम्पियन्स लिगमा नेयमारको नयाँ रेकर्ड

ब्राजिल तथा फ्रेन्च क्लब पिएसजीका स्टार फर्वाडर नेयमारले युइएफए च्याम्पियन्स लिग फुटबलमा नयाँ रेकर्ड बनाएका छन् । उनले च्याम्पियन्स लिगमा सबैभन्दा बढि गोल गर्ने ब्राजिलियन खेलाडीको रेकर्ड बनाएका हुन्।

मेक्सिकोका राष्ट्रपति ओब्राडोरले शनिबार सपथ, बजार संशकित

मेक्सिकोको राष्ट्रपतिमा आन्द्रेस मानुएल लोपेज ओब्राडोरले शनिबार सपथ ग्रहण गर्ने भएका छन्। भ्रष्टाचार, अपराध र गरिबीबाट आक्रान्त मेक्सिकोलाई समुन्नत राष्ट्रका रुपमा अघि बढाउने ओब्राडोरको योजना छ।  

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।