ललितपुर-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वर्तमान सरकारले जनताको पक्षमा कामै गर्न नसकेको आरोप लगाएको छ ।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलार्इ सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार संघीयताको विपक्षमा उभिएको आरोप समेत लगाए।
'कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिमा निर्वाह गरिरहेको छ। तर सरकार संघीयताविरुद्ध उभिएको छ । अब हामीले त्यसको सशक्त विरोध गर्नु पर्ने बेला आएको छ,' निधिले भने, 'अब कांग्रेस संघीयता, गणतन्त्र, समावेशिता र संविधान कार्यान्वयनको पक्षमा अझै सशक्त ढंगले अघि बढ्ने तयारीमा छ।'
उपसभापति निधिले पार्टी भित्र गुट–उपगुट नरहेको दावी समेत गरे। उनले पार्टीको विधान मस्यौदामाथि फरक मत रहे पनि त्यसलाई गुटउपगुटको रूपमा बुझ्न नहुने पनि स्पष्ट पारे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४