एजेन्सी- बिहिबार राति भएको युइएफए युरोपा लिग अन्र्तगत भएको खेलमा इंग्लिश क्लब आर्सनलले सहज जित निकालेको छ । भोर्सक्ला पोल्ताभाको घरेलु मैदानमा भएको खेलमा आर्सनलले युक्रेनी क्लबलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
समूह चरणको खेलमा आर्सनलको जितका लागि इम्ली स्मिथ, आरोन रामसे र जोसेफ विलोकले समान एक एक गोल गरे । तीन वटै गोल पहिलो हाफमा सम्भव भएका थिए । आर्सनलले स्मिथको गोल मार्फत खेलको ११ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो ।
त्यसपछि २७ औं मिनेटमा रामसेले पेनाल्टीमा गोल गर्दै आर्सनलको अग्रता दाब्बर पारे । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहदाँ जोसेफले गोल गरे । जोसेफको गोल मार्फत आर्सनलले पहिलो हाफमा ३-० को अग्रता बनाएको थियो ।
समूहको अर्को खेलमा स्पोर्टिङ लिस्बनले काराबागको घरेलु मैदानमा ६-१ ले विजय भएको छ । लिस्बनको जितका लागि ब्रुनो फर्नान्देस र अब्दुलाए डियाबीले २-२ तथा नानी र बास दोस्तले १-१ गोल गरे ।
काराबागका अब्देल्ला जौबिरले बराबरी गोल फर्काएका थिए । यस नतिजासँगै समूह ‘ई’ को शिर्ष स्थानमा रहेको आर्सनलको ५ खेलबाट १३ अंक छ । आर्सनलले यसअघि नै नकआउट चरणमा स्थान बनाईसकेको छ । यसै समूहको दोस्रो स्थानमा रहेको स्पोर्टिङ सिपिको १० अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४