बुधबार, वैशाख १२, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज मंसिर १३ गते बिहिबार कहाँ, के-के भए। अब थाहा पाउनुहोस्,नेपाल समयदिनभरी।

सैन्य भर्नामा भ्रष्टाचार : कारबाहीमा पर्ने डेढ सय बढी सैनिकको नाम गोप्य राखियो


सैन्य भर्नामा भएको करोडौं भ्रष्टाचार खुलासा भएको छ। नेपाली सेनाको विभिन्‍न तहको भर्नामा भएको आर्थिक चलखेलका बारेमा नेपाली सेनाले छानबिन गरी डेढ सयभन्दा बढी सैनिकलाई दण्डित गरिएको छ। कोर्ट मार्शलमा परेर जरिवाना तथा जेलसजाय हुनेमा २३ अधिकृत र बाँकी अन्य दर्जाका सैनिक छन्।

ज्ञानेन्द्रदेखि सुमार्गीसम्मको धाकमा यस्तो ठगी धन्दा 

मंगलबार मोरङ प्रहरीमा एक नक्कली कम्पनीको मालिकबाट ठगिएको भन्दै ५० जना व्याक्तिले उजुरी हाले । साविक संखुवासभाको नागरिकता भएका र पछि लेटाङ–३ को ठेगाना भएका गुणराज ओझालाइ प्रहरीले मंगलबार साँझ विरानगरबाट पक्राउ गर्यो।

सतीको होइन, युवाको 'श्राप' लागेको देश!

सयौं वर्षदेखि नेपाललाई 'सतीले सरापेको देश' भनिँदै आएको छ। औपचारिक रूपमा पढाइने नेपालको इतिहास भन्नु नै के छ र? हामी ससाना राजा-रजौटाहरूका भारदारी षड्यन्त्र र कलहका कथालाई नै इतिहास भनेर पढ्छौं। सामन्ती रजौटाहरूका भारदारी षड्यन्त्रहरूमा चुक्ली/चाकडीको ठूलो महत्त्व हुन्थ्यो। 

विधान संशोधन मस्यौदाको छलफलमा कांग्रेस, भोलि फेरि बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधान संशोधन मस्यौदामाथि बिहीबारदेखि छलफल सुरु गरेको छ। मुलुक सङ्घीय संरचनामा गएपछि नयाँ बनेको संरचनाअनुसार पार्टीलाई लैजाने उद्देश्यका साथ विधान संशोधन समितिले तयार पारेको मस्यौदामाथि छलफल सुरु भएको हो। 


पाहुनालार्इ स्वागत, सर्वसाधारणलार्इ सास्ती

शुक्रबारदेखि काठमाडौँमा हुने एसिया प्यासफिक समिटमा सहभागी हुने विदेशी पाहुनाहरूको स्वागत गर्नेक्रममा सर्वसाधारणले सास्ती भोग्‍नु परिरहेको छ ।

पाहुना घर आइसकेपछि निम्ता सार्वजनिक

मन्त्रिपरिषद्‍को मंसिर १० गतेको बैठकले क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारकी स्टेट काउन्सेलर आङ साङ सुकीलार्इ निम्ता दिने निर्णय गर्‍यो। दुवै विवादस्पद्‍ पात्र भएकोले यसमा आलोचना र नकारात्मक प्रतिक्रिया आउन सक्ने भएकोले सरकारले यस निर्णयलार्इ गोप्‍य राख्यो।

मन्त्रिपरिषद्‍का निर्णय : राष्ट्रपतिको पोल्‍यान्‍ड भ्रमण स्वीकृत, रेल्वे ऐन खारेज

मन्त्रिपरिषद्‍को मंसिर १० गते सोमबारको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको पोल्‍यान्ड भ्रमण स्वीकृत गरेको छ। त्यसैगरी रेल्वे ऐन २०२० खारेज गरी नयाँ रेल्वेसम्बन्धी विधेयक, २०७५ तर्जुमा गर्ने निर्णयसमेत गरेको छ। 

निर्मलाको पोस्टर कसले हटायो ?

राजधानीका भित्ताहरुमा बुधबार राति टाँसिएका निर्मलाका तस्बिरहरु हटाइएका छन्। गृहमन्त्रालयको निर्देशनमा बिहीबार प्रहरीले निर्मलाका तस्बिरहरु हटाएका जनाइएको छ।

जागिरबाट निकाल्ने धम्कीपछि मालिककै छोराको हत्‍या

गोंगबुस्थित सरस्वती गेष्ट हाउसका मालिक प्रविणकुमार कुवँरका आठ वर्षीय छोरा प्रयास कुवँरको हत्या भएको छ। 

मुख्यमन्त्रीको मुखै छोपिने सम्मान

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको मुखै छोपिने गरी माला लगाएको तस्बिरका विषयमा अहिले सामाजिक सञ्‍जालमा व्यापक टिकाटिप्पणी भइरहेको छ। सम्मानका नाममा थाम्नै नसकिने गरी माला लगाएको तस्बिरको सकरात्मक भन्दा नकारात्मक टिप्पणी बढी भइरहेको छ।

कांग्रेस जिल्ला सभापतिहरूको ककनी भेलाले के निश्कर्ष निकाल्‍यो ?

कांग्रेस जिल्ला सभापतिहरूको ककनी भेलाको गुटबन्दीका कारण पार्टी कमजोर हुँदै गएको निश्कर्ष निकाल्दै गुटबन्दी अन्त्य गर्नका लागि संगठित दबाब दिने निर्णय गरेको छ। 

'क्रिश्‍चियन धर्म प्रचारकलाई राजकीय सम्मान'

एसिया प्यासिफिक समिट नाम दिइएको सम्मेलनमा भाग लिन आउने पाहुनाहरुको स्वागतका लागि आज काठमाडौंमा जोर-विजोर प्रणाली लागू गरिएको छ। सरकारले सम्मेलनमा सहभागी हुन आउने पाहुनाहरुलार्इ राजकीय सम्मानसहित स्वागत गरिंरहेको छ। 

निर्मलाको न्यायको माग गर्दै प्रदर्शन गरिरहेका नेविसंघका पाँच जना पक्राउ

निर्मलाको न्यायको माग गर्दै प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी संघका पाँच जनालार्इ प्रहरीले पक्राउ गरेको छ। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि बिहीबार माइतिघरमा प्रदर्शन गरिरहेका नेविसंघ कार्यकर्तालार्इ प्रहरीले पक्राउ गरेको हो। 

जोर-विजोर नमान्‍न गगनको अपिल

नेपाली कांग्रेसका युवा नेता गगन थापाले बिहीबारदेखि लागू गरिएको जोर-विजोर प्रणालीको अवज्ञा गर्न सार्वजनिक अपिल गरेका छन्। फेसबुक र ट्वीटर मार्फत उनले भनेका छन्, ‘सही कामको लागि सरकारले आह्वान गर्दछु।'

जनपद प्रहरीतर्फ ५३१ हवल्दारको बढुवा

नेपाल प्रहरीको जनपद प्रहरी समूह तर्फका ५३१ हवल्दारहरु प्रहरी सहायक निरीक्षकमा बढुवा भएका छन्। गृहमन्त्रालय प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग अर्न्तगत प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १२ गतेको निर्णय अनुसार उक्त संख्यामा हवल्दारको बढुवा गरिएको हो। 

जानकी मन्दिर थप आकर्षक बनाउन ८ करोडको आयोजना शिलान्यास

हिन्दु धर्मावलम्वीहरुको आस्थाको केन्द्र जनकपुरस्थित जानकी मन्दिरको सौन्दर्यीकरण गरिने भएको छ। स्थापनाको सय वर्षभन्दा बढी पुरा गरि सकेको जानकी मन्दिर सौन्दर्यीकरण गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरेका छन्।

दोहोरो अकंले ओरोलो शेयर बजार

धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ३७ बिन्दुले घटेर एक हजार १४८ दशमलव ७० बिन्दुमा झरेको छ।

हेमालथाको रेकर्डलाई ब्रेक गर्दै नृत्यमा बन्दनाको विश्व कीर्तिमान

बन्दना नेपाल नृत्यमा नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएकी छन्। धनकुटा महालक्ष्मी नगरपालिका मूर्तिढुंगा–९ मा जन्मिएकी १७ वर्षीया नेपाल लगातार १२६ घन्टा नृत्य गरेर वर्ल्ड रेकर्ड कायम गर्न सफल भएकी हुन्। 

भारतका प्रियान्सुलाई पराजित गर्दै नविनलाई स्वर्ण

दक्षिण एशियाली यु-२१ ब्याडमिन्टन च्याम्पियनसिपको बेष्ट अफ फाईभको खेलमा पुरुष एकलमा नेपालका नविन श्रेष्ठले भारतका प्रियान्सु रजावतलाई परासिजत गर्दै स्वर्ण जिते । 

नेयमारको प्रेम तृष्णा : २२ वर्षमा १८ प्रेमिका

ब्राजिल तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का स्टार फुटबलर नेयमार निकै नै चर्चित खेलाडी हुन् । उनी सधै पोर्चुगिज तथा युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी तथा बार्सिलोनाका स्टार खेलाडी मेस्सीसँग तुलना गरिनछन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।