बिहीबार, वैशाख १३, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज मंसिर ११ गते मंगलबार के-के भयो ? अब थाहापाउनुस्, नेपाल समय दिनभरी

सरकार खोज्‍नेलार्इ ओलीको जवाफ : अब जता फर्क्यो त्यतै सरकार (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको समाजिक सुरक्षा योजना विश्वकै लागि उदाहरणीय रहेको बताएका छन्। प्रज्ञा भवन कमलादीमा मंगलबार आयोजित सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा बोल्दै ओलीले कोक्रोमा आउँदादेखि कात्रोमा नबेरिसम्म सबैको लागि भएको दाबी गरेका छन्। 

आकाशे पुलः बाटो काट्न कि रमिता हेर्न

कोटेश्वरदेखि कलंकीसम्मको १०.४ किलोमिटर सडकको अधिकांश निर्माण कार्य पूरा भएको छ । चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको सडक आठ लेनको छ।

सामाजिक सुरक्षा घोषणा : ओली पोलमा, विष्ट दिलमा 

सरकारले मंगलबारदेखि लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको भड्किलो प्रचारप्रसारलार्इ लिएर नागरिस्तरबाट व्यापक आलोचना भएको छ। सामाजिक  सुरक्षा कार्यक्रम आफैंमा सकारात्‍मक सुरुवात हो। तर, यसलार्इ राजनीतिक आवरण दिएर राज्य कोषबाट करोडौं रकमको दुरुपयोग गरिएको आरोप सरकारमाथि लागेको छ। 

'लुट मच्चाउनेहरुको अब भागाभाग हुनेछ'

सरकारले आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लागू गर्न लागेको कार्यक्रमअन्तर्गत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृ सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन हुनेछन्। 

सुजाताको लन्चमा कोको गए, केके भयो?

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफ्नै निवास मण्डिखाटारमा मंगलबार डाकेको लन्च मिटिङमा कांग्रेसका सबै तहका नेताहरुको विशेष जमघट देखियो।
कांग्रेसका एक दर्जन बढी वरिष्ठ तथा युवा नेता दिवा भोजमा सहभागी भए।

राप्रपाको सहायक प्रवक्तामा मोहन श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक प्रवक्तामा मोहन श्रेष्ठ नियुक्त भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम सहायक प्रवक्तामा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठलाई मनोनयन गरेका छन्। 

नेविसंघ महाधिवेशन पुस २८ देखि

नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन पुस २८, २९ र ३० गते हुने भएको छ। नेविसंघको मंगलबार काठमाडौंमा बसेको आकस्मिक बैठकले १२ औं महाधिवेशनको मितिसहितको कार्यतालिका तय गर्दै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

नेकपा सचिवालयको बैठक फेरि सर्‍यो

मंगलबारका लागि तय भएको नेकपा सचिवालयको बैठक फेरि सरेको छ। सामाजिक सुरक्षा घोषणा कार्यक्रममा नेताहरु व्यस्त रहेको भन्दै बुधबारका लागि सारिएको हो। 

कुसुम बास्तोलालाई भूमिका दिइन्छ: देउवा 

नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवाले कांग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाकी धर्मपत्नी कुसुम बास्तोलालाई पार्टीमा आवश्यक भूमिका दिने बताएका छन्।

मंसिर १४ देखि १७ सम्म उपत्यकाका सवारीमा जोर बिजोर प्रणाली

आगामी  मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुने एसिया प्यासेफिक समिटमा भाग लिने पाहुनाको सवारी आवगमनमा सहज गर्न भन्दै उपत्यकामा गुडने सवारी साधनमा जोर बिजारे प्रणाली लागू हुने भएको छ। 

पत्रकार चन्द पक्राउ, सरकार विरोधी समाचार लेख्ने अन्य पनि निगरानीमा

महानगरीय अपराध महाशाखाले भ्रामक समाचार प्रेसित गरेको भन्दै पोष्टपाटी डट कमका सम्पादक गोपाल चन्दलाई पक्राउ गरेको छ। चन्द सम्पादक रहेको उक्त अनलाईनले मंसिर ६ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुकुरी प्रहारको प्रयास शिर्षकमा समाचार लेखेको भन्दै पक्राउ गरिएको हो।

कर्णालीमा लागू भयो ‘अन्तर्राष्ट्रिय ट्राफिक नियम’

वीरेन्द्रनगरको व्यस्त सडक। त्यही सडकमा आजभोलि प्रहरीले दैनिक केही हुल मान्छे जम्मा गर्छ। कहिले बसपार्क त कहिले सुब्बाकुना, वीरेन्द्रचोक, मंगलगढीचौकमा बीच सडकमै गाडी रोक्छ। चालक र सहचालकहरुलाई सडकमा झार्छ। चालक र प्रहरी देखेपछि पैदलयात्रीले प्रश्न गर्छन् कहाँ दुर्घटना भएछ? 

सुरुमै सामाजिक सुरक्षा कोषमा ५० अर्ब

सामाजिक सुरक्षा योजना कार्यान्वयन भएकै दिन मंगलबार सामाजिक सुरक्षा कोषमा ५० अर्ब रुपैयाँ रकम संकलन भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरिरहँदा कोषमा करिब ५० अर्ब रुपैयाँ संकलन हुने अवस्थामा रहेको जानकारी दिएका हुन्। 

किशोरीको पीडा : विवाह नभर्इ आमा बन्‍नुपर्ने!

रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाङ्की १६ वर्षीया जानकी विष्ट र १७ वर्षीय शक्तिराम रोका दुई वर्षअघि प्रेम बन्धनमा बाँधिए । उनीहरुको प्रेम सम्बन्ध केही समयपछि शारीरिक सम्बन्धमा परिणत भयो। 

‘रणवीर’ को फस्ट लुक सार्वजनिक

फिल्म ‘रणवीर’ को फस्टलुक सार्वजनिक भएको छ। १८ माघदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रणवीर’ को प्रदर्शन मिति नजिकिँदै गर्दा फस्ट लुक सार्वजनिक गरेको हो।

‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई नायिका रेखा थापाको सहयोग

छोरी चेलीलाई लक्षित गरी प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियनालाई चर्चित नायिका रेखा थापाले सहयोग गर्ने भएकी छिन्। नायिका थापा प्रदेश सरकारको यस कार्यक्रममा अभियन्ता बनेर सहयोग गर्न लागेकी हुन्।

आठौं राष्ट्रिय खेलकुद जिल्ला छनोट शुक्रबारदेखि

प्रदेश ५ मा आगामी माघमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि जिल्ला छनोट शुक्रबारदेखि सुरु हुने भएको छ। देशभरीका ७७ जिल्लामा मंसिर १४ देखि २१ गतेसम्म आठौं राष्ट्रिय खेलकुदका लागि जिल्ला छनोट सञ्चालन हुने आठौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख इन्द्रबहादुर कार्कीले जनाकारी दिएका छन्।

बार्सिलोनालाई चोटको पिरलो, दुई हप्तामा ७ खेलाडी घाइते

स्पेनिस ला लिगा क्लब बार्सिलोनालाई चोटले पिरोलेको छ। एकपछि अर्को गरी खेलाडी चोटले संकटमा पर्दा बार्सिलोना पिरलोमा परेको हो । दुई हप्ताको बीचमा मात्र बार्सिलोनाका ७ जना खेलाडी घाइते भएका छन्।

मंगलग्रह पुग्यो नासाको अन्तरिक्ष यान

अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको 'मार्स इन्साइट' अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको छ । उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो तस्वीर पठाएको नासाले जनाएको छ ।

 चार घण्टामै अस्तायो प्रेमिल जोडी

हामीले धेरैले प्रेमका कथा सुनेका छौँ । रोमियो-जुलियट, लेला-मज्नु, सलिम-अनारकली, मुना-मदनजस्ता वियोगान्त अन्त्य रहेको छ। ती केवल काल्पनिक कथा थिए, जुन सुन्दा हामीलाई निकै वियोगान्त लाग्छ। यस्तै घटना घटेको छ, भारतको मध्यप्रदेशको साइनाथ नगर मुलताईमा।

दक्षिणी अफगानिस्तानमा १२ आतंककारी मारिए

अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानको देह रवाद जिल्लामा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानलाई लक्ष गरी लडाकू विमानबाट गरिएको कारबाहीमा कम्तीमा १२ जना तालिबानीको मृत्यु भएको अफगान रक्षा मन्त्रालयले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।