शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • डडेलधुरा दुर्घटनाको कारण : बढी यात्रु, तीव्र गति                       

डडेलधुरा दुर्घटनाको कारण : बढी यात्रु, तीव्र गति                       

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
डडेलधुरा- उग्रतारा मेला हेरेर फर्किने क्रममा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्‍या १८ पुगेको छ। बस बढी यात्रु बोकेर तीव्र गतिमा गुडेका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसमा सिट क्षमाता भन्दा झन्डै दोब्बर यात्रु थिए । तीव्र गतिमा रहेको बस घुम्तिमा ट्रनिङ काट्न नसक्दा दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ। 

से१क २९३ नम्बरको स्कूल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । मृतक सबैको शव निकालिएको र सनाखत पनि भइसकेको डडेलधुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाउनेहरु

डडेल्धुराको अमरगढी नगरपालिका-११ रडुवाखोलामा पाँच सय मिटर तल खसेको थियो । जहाँ  १८ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरुको उपक्षेत्रीय अस्पताल डडेलधुरा र कैलालीमा उपचार भइरहेको छ ।

घाईते हुनेहरुमा सकायल डडेल्धुराका ईन्द्र भुल, रमेश भुल, पुरन भुल, कोराल डडेल्धुराका सुनिता रावल, विनोद किमाडी (ठेगाना नखुलेको), गोवघाटका श्याम ओझा, शिखर ६ डोटीका भिम बलायर, शिखर १० डोटीका सरिता बलायर, तिल्ताली डोटीका सोनिया रावल, सन्तोष रावल, बन्डोरसैन डोटीका भरत बलायर, सिल्ताडा डोटीका नारद बलायर, भेटा डडेल्धुराकी ईश्वरी दमाई, बेलापुर डडेल्धुराका थानेश्वर अवस्थी, तल्छी ७ डोटीकी हरिना बोहरा, बन्लेक १० डडेल्धुराकी सावित्री धामी, शिखर १० डडेल्धुराका रमेश धामी, र गन्यापधुरा डडेल्धुराका सुशिल बोहरा रहेका छन् ।

घाइते मध्ये गम्भीर अवस्थाका ११ जनाको अवस्था गम्भीर भएकोले कैलाली रिफर गरिएको छ। सामान्य अवस्था भएका दुई जनालाई भने अस्पतालले डिस्चार्ज गरेको प्रहरीले जनाएको  छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।