शनिबार, वैशाख ८, २०८१

अपडेट : मेला हेरेर फर्केको बस दुर्घटना, १८ को मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
डडेल्‍धुरा- डेडेल्धुरामा लाग्‍ने उग्रतारा मेला हेरेर फर्किने क्रममा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्‍या १८ पुगेको छ। से१क २९३ नम्बरको स्कूल बस दुर्घटनास्थलबाट १८ जनाको शव निकालिएको डडेलधुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

डडेल्धुराको अमरगढी नगरपालिका-११ रडुवाखोलामा पाँच सय मिटर तल खसेको डडेलधुरा जोशीले जानकारी दिए। दुर्घटनामा करिब १८ जनाभन्दा बढी घाइते भएको उनले बताए। जोशीका अनुसार घाइतेलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल पठाइएको छ।

घाईते हुनेहरुमा सकायल डडेल्धुराका ईन्द्र भुल, रमेश भुल, पुरन भुल, कोराल डडेल्धुराका सुनिता रावल, विनोद किमाडी (ठेगाना नखुलेको), गोवघाटका श्याम ओझा, शिखर ६ डोटीका भिम बलायर, शिखर १० डोटीका सरिता बलायर, तिल्ताली डोटीका सोनिया रावल, सन्तोष रावल, बन्डोरसैन डोटीका भरत बलायर, सिल्ताडा डोटीका नारद बलायर, भेटा डडेल्धुराकी ईश्वरी दमाई, बेलापुर डडेल्धुराका थानेश्वर अवस्थी, तल्छी ७ डोटीकी हरिना बोहरा, बन्लेक १० डडेल्धुराकी सावित्री धामी, शिखर १० डडेल्धुराका रमेश धामी, र गन्यापधुरा डडेल्धुराका सुशिल बोहरा रहेका छन् ।

दुर्घटनामा १३ जना पुरुष र ५ जना महिलाको ज्यान गएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर जितेन्द्र कँडेलले जानकारी दिए । ट्राफिक प्रहरी पोष्ट स्याउलेका प्रमुख गणेश नागारीका अनुसार ज्यान गुमाउने मध्ये डोटीको दिपायल सिलगढी नगरपालिका ४ बस्ने शशी विकको मात्र पहिचान भएको छ । अन्‍यको सनाखत हुन सकेको छैन।

घाइते मध्ये गम्भीर अवस्थाका ११ जनाको अवस्था गम्भीर भएकोले कैलाली रिफर गरिएको छ। सामान्य अवस्था भएका दुई जनालाई भने अस्पतालले डिस्चार्ज गरेको प्रहरीले जनाएको  छ। गम्भीर घाइतेको संख्या बढी भएकाले मृतकको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ ।

पिस जोन विद्या निकेतनको बस भएपनि यात्रु भने सर्वसाधारण सवार रहेको प्रजिअ जोशीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।