बुधबार, वैशाख १२, २०८१

व्यर्थै बित्यो ओली सरकारका नौ महिना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

कसैले ओली सरकारको नौ महिने कार्यकालको समिक्षा गर्दै मुख्य समाचार लेखेका छन् भने कसैले खेलकुदको अथाह जग्गा दुरुपयोग भएको, सरकारी जग्गा कौडीको भाउमा भाडामा लगाएको विषयलाई प्राथमिकताका साथ छापेका छन् । 

आजको नागरिक दैनिकले ओली सरकारका नौ महिनाः व्यर्थै बित्यो शीर्षकमा मुख्य समाचार लेखेको छ । २०५१ सालमा बनेको मनमोहनको अल्पमतको सरकारसँग तुलना गर्दै दुई तिहाइको यो सरकारले खासै ठोसकाम केहि गर्न नसकेको उल्लेख गरेको छ ।

सरकारको कामप्रति प्रधानमन्त्री ओली नै असन्तुष्ट देखिएका छन् । उनले त्यो असन्तुष्टि बुधबार सचिवहरु समक्ष पोख्दै यस्तो पाराले नचल्ने र अब बाहानबाजी गर्ने छुट कसैसँग नभएको भन्दै कडा निर्देशन दिएको समाचारमा जनाइएको छ । 

यस्तै नागरिक दैनिकले निर्मला पन्तका आमाबुवाको धर्नाको विषयलाई उठान गर्दै धर्ना अन्योलमा शीर्षकमा खबर लेखेको छ ।

निर्मला पन्तको हत्यारा पत्ता लगाउनु पर्ने मागसहित उनका आमाबुबा धर्ना बसेको ११ दिन बिते पनि अझै राज्यले वास्ता नगरेको समाचारमा जनाइएको छ । यस्तै उसले सुनसरी दुहवीका मुस्लिम समुदायका सुपरभाइजरको हत्या भएको विषयलाई एङ्कर न्यूज बनाएर छापेको छ। 

मिस वल्र्डमा शृंखला अघिअघि शीर्षकमा एङ्कर न्यूज छापेको आजको अन्नपूर्ण पोस्टले खेलकुदको अथाह जग्गा दुरुपयोग शीर्षकमा मुख्य समाचार छापेको छ । राष्ट्रिय खेलकुद परिषद्का नाममा देशभर ६ हजार रोपनी भन्दा ज्यादा जग्गा भएपनि त्यसको सहि उपयोग हुन नसक्दा धेरैले धेरैतरिकाबाट दुरुपयोग गरिरहेको समाचारमा उल्लेख छ । 

यस्तै आजको कान्तिपुर दैनिकले नेकपामा असन्तुष्टि चुलिएको विषय र सानो ठिमी क्याम्पसको १३ रोपनी जग्गा कौडीको भाउमा भाडामा लगाएको विषयलाई मुख्य समाचार बनाएको छ ।

उसका अनुसार सानोठिमी क्याम्पसले १३ रोपनी जग्गा प्रतिरोपनी मासिक ५ सय ९७ रुपैयाँका दरले १० वर्षका लागि भाडा दिइएको छ । यस्तै कान्तिपुरले प्रमुख प्रशासकीय अधिकृत नटिक्दा स्थानीय तह अस्थिर बनेको विषयलाई पनि प्राथमिकताका छापेको छ । 

आजको नयाँ पत्रिकाले भने अनलाइन समाचारः विधुतीय अपराध शीर्षकमा मुख्य समाचार लेखेको छ । उसले पत्रिकामा छापिएका समाचारमा प्रेस काउन्सिलको अनुगमन, तर अनलाइन समाचारमा प्रहरी हस्तक्षेप भएकोमा प्रश्न उठाएको छ । 

ओली सरकारका नौ महिना व्यर्थैमा बित्यो

मनमोहन अधिकारीको पहिलो कम्युनिस्ट सरकारलाई प्रमुख दातृ निकायले विश्वास गरेका थिएनन्। त्यो सरकारले ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम ल्याएर प्रत्येक गाविसलाई तीन लाख रुपैयाँ दिने घोषणा ग-यो। 

नेपाली कांग्रेसलगायत सबैले बजेट कनिका छरेको आरोप लगाए। पहिलोपटक सरकार बनाएको कम्युनिस्ट पार्टीलाई राहत हुने गरी विश्व बैंकले आफ्नो प्रतिवेदनमा मुलुकमा पहिलोपल्ट ‘राम्रो कार्यक्रम’ ल्याएको उल्लेख ग-यो।

२०५१ मा बनेको अधिकारीको सरकार अल्पमतको थियो। यसको करिब २४ वर्षपछि अहिले दुई तिहाई बहुमतको केपी ओली नेतृत्वमा सरकार बनेको छ। सबै दातृ निकायले यसलाई विश्वास गर्छन्। विडम्बना! यही बेला नेपालमा लगानीको वातावरण खस्केको भन्दै विश्व बैंकले आफ्नो प्रतिवेदन (डुइङ बिजनेस २०१९) मा ५ अंक झारेको छ।

मनमोहनका अर्थ सारथी भरतमोहनले अघिल्लोपटक काग्रेसका महेश आचार्यले ल्याएको बजेटमा व्यापक फेरबदल मात्र गरेनन्, आफूले ल्याएकोे बजेटमा ‘९ स’ जस्ता लोकप्रिय कार्यक्रम सार्वजनिक गरे। 

सहकारीलाई प्रोत्साहन गर्ने, उत्पादन र रोजगारी बढाउने, स्वदेशी उद्योगलाई संरक्षण गर्नेसहित केही ठूला आयोजना बनाउने कार्यक्रम बनाए। तर ओलीका अर्थ सारथी युवराज खतिवडाको बजेटले भने पुराना कार्यक्रमलाई निरन्तरता दिने भन्दै नयाँ कार्यक्रम ल्याउन सकेन।

‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा र विकास अजेन्डा नै अबको हाम्रो पहिलो प्राथमिकता भन्ने रटान लगाउँदै आएको दुई तिहाईको ओली सरकारको गन्तव्य कतातिर छ ? यिनै दुई उदाहरणले संकेत गरेका छन्।

मनमोहनलाई न साधन र स्रोतको साथ थियो न त मुलुकभित्र र बाहिरको वातावरण। कुनै पनि बेला सत्ता ढल्न सक्ने डरमा बसेको सरकार ९ महिनामै लोकप्रिय बन्यो। तर साधन र स्रोतले पूर्ण दुई तिहाई बहुमतसहित पाँच वर्षका लागि जनमत पाएको ओली सरकार आर्थिक विकासको अजेन्डामा एक वर्ष नहुँदै आलोचित बन्न पुगेको छ। नागिरक दैनिकमा समाचार छ ।

..................
खेलकुदको अथाह जग्गा दुरुपयोग

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार अचल सम्पत्तिका आधारमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) देशकै सबैभन्दा धनी संस्थामध्ये एक हो। यसका नाममा देशभरि ६ हजार रोपनीभन्दा बढी जग्गा छ। 

तर, सही उपयोग हुन नसक्दा खेलकुदको जमिनमा देशभरि भद्रगोल र विवाद छ। राखेप अभिलेखमा दर्ता भएको बाहेक पनि देशका विभिन्न भागमा खेलकुदलाई थप जग्गा प्राप्त भएको छ। 

जिल्ला खेलकुद विकास समितिले स्थानीय खेलप्रेमी र विभिन्न निकायबाट जग्गा लिएर प्रयोग गर्दै आएका छन्। अधिकांश ठूला सहरको मुख्य भागमै खेलकुदका नाममा थुप्रै जग्गा र भौतिक पूर्वाधार छन्।

दाङमा राखेपका नाममा आठ सय रोपनीभन्दा बढी जग्गा छ। ब्याडमिन्टन कभर्डहलसहित केही जग्गा बेलझुण्डीमा छ भने अधिकांश जग्गा, रामनगरमा। तत्कालीन राप्ती अञ्चल खेलकुद विकास समितिका नाममा दर्ता रहेको रामनगरको अधिकांश जग्गा अतिक्रमण गरी सुकुम्बासीले घरटहरा निर्माण गरेका छन्। 

वर्षौदेखि रेखदेख र उचित संरक्षण नभएपछि सुकुम्बासीले उक्त जग्गा अतिक्रमण गरेका हुन्। पछिल्लो समय आफ्नो जग्गा संरक्षणका लागि तारबार लगाउन बजेट छुट्याइए पनि राखेपका लागि जग्गा खाली गराउनु फलामको चिउरा चपाउनु सरह भएको छ। 

पर्वतमा पनि राखेपको नाममा करिब ४७ रोपनी जग्गा छ। पर्वत जिल्ला खेलकुद विकास समितिको नाममा दर्ता रहेको केही जग्गामा सेमिकभर्डहल निर्माण गरिएको छ। ३७ रोपनीभन्दा बढी जग्गा भने सशस्त्र प्रहरी गणले प्रयोग गर्दै आएको छ।

..............
कौडीको भाउमा भाडा

कान्तिपुरमा प्रकाशित समाचारअनुसार सानोठिमी क्याम्पसले मूल सडकसँग जोडिएको १३ रोपनी जग्गा कौडीको भाउमा व्यापारिक प्रयोजनका लागि भाडामा लगाएको छ ।

शिक्षा मन्त्रालयले शैक्षिक प्रयोजनका लागि क्याम्पसलाई भोगचलन गर्न दिएको जग्गा प्रतिरोपनी मासिक ५ सय ९७ रुपैयाँमा १० वर्षका लागि भाडामा दिइएको हो ।

भूकम्पमा स्थानीयले आश्रय लिएको १३ रोपनी जग्गा रेस्टुरेन्ट र क्याटरिङ सञ्चालन गर्न आवश्यक संरचना बनाउने गरी टेन्डर प्रक्रिया पूरा गरेर प्राणनाथ क्याफेलाई दिइएको हो । क्याम्पस र क्याफेबीच असोज २२ मा भएको सम्झौताअनुसार एक रोपनीको वार्षिक ७ हजार १ सय ७५ तिर्नुपर्छ । 

मध्यपुर ठिमी–२, सानोठिमी क्याम्पसको पूर्व, काठमाडौंबाट भक्तपुर जाने पुरानो बाटोको उत्तर, मगरगाउँ जाने पिच बाटोको पश्चिमतर्फको यो जग्गा सानोठिमी फुटबल मैदानअगाडिको मूल सडकसँगैजोडिएको छ ।

शिक्षकलाई राख्न लाखौं खर्चेर बनाएको क्वार्टरसमेत भाडामा दिइएको जग्गाभित्रै पर्छ । क्याम्पस र क्याफेबीच भएको सम्झौतामा क्वार्टरको विषय उल्लेख छैन । सम्झौताअनुसार शिक्षकका लागि बनाइएको क्वार्टरसमेत ठेक्का पाएकै व्यक्तिले उपयोग गर्न पाउनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।