नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का डेढ दर्जन केन्द्रीय सदस्यले सरकार र पार्टी सञ्चालन प्रक्रिया वैज्ञानिक, पारदर्शी र समन्यायका आधारमा नभएको आरोप लगाउँदै नेतृत्वसमक्ष ज्ञापनपत्र बुझाएका छन्।
भनिन्छ, १२ वर्षमा खोलो फर्कन्छ। यो नेपाली उखानलाई मुलुकको शान्ति प्रक्रियाले चुनौती दिएको छ। १२ वर्षमा खोलो फर्किएन। शान्ति सम्झौताका मुख्य कार्यदिशा लडाकु समायोजन, संविधानसभा निर्वाचन र संक्रमणकालीन न्यायलाई टुंगोमा पु-याउने भन्ने थियो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडितको पीडा घटेको बताए। प्रेस चौतारी र प्रेस सेन्टर चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो भएको बताए ।
केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको ९ महिना पुगेको छ। सरकारको ९ महिने कामको समीक्षाका विषयमा सकारात्मक भन्दा नकारात्मक टिप्पणी बढी आउने गरेका छन्। ओली सरकार गतिहीन हुनुमा यस्ता छन् दस कारण :
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले देशका अर्को विद्रोहको खतरा बढेको बताएका छन्। विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष बितिसक्दा पनि द्वन्द्व पीडितले न्याय नपाउँदा बिद्रोहको खतरा बढेको उनको भनाई छ।
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र अहिले सडक विस्तार कार्य तिव्र रुपमा भइरहेको छ। एसियाली विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास आयोजना र शहरी डिभिजन कार्यालयमार्फत साँगुरो रहेका यहाँका सडकहरु विस्तार गर्ने कार्य अघि बढेको छ।
अर्थ समितिले ठेकेदारका कारण समयमा सम्पन्न हुन नसकेका आयोजनाको विवरण र सम्बन्धित पक्षलाई कारबाही भए–नभएको रिपोर्ट सात दिनभित्र बुझाउन सरकारलाई निर्देशन दिएको छ। कारबाही गर्ने कानुनी आधार समेत पेश गर्न निर्देशन दिइएको छ।
प्रेस स्वतन्त्रताको हिमायती राष्ट्र संयुक्त राज्य अमेरिकाले पत्रकारको अनुमतिपत्र खारेज गरेर विश्व समुदायमाझ विवादास्पद बन्न पुगेको छ। गत हप्ता अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले प्रेस पास जफत गरेर अमेरिकाको शिर निहुराउने काम गरे।
सन् २०१८ मा मिस नेपाल बन्न सफल शृंखला खतिवडा यतिबेला मिस वर्ल्डको प्रतिस्पर्धामा मात्रै छैनन् की उनी भोटिङमा सबैभन्दा अगाडी छिन्। चीनमा भइरहेको प्रतिस्पर्धामा उनी सहित १२१ देशकाप्रतिस्पर्धीहरु प्रतिस्पर्धामा छन्।
बलिउड महानायक अमिताभ बच्चनले उत्तर प्रदेशका १ हजार ३ सय ९८ किसानको ४ करोड ५० लाख भारु ऋण तिरिदिने भएका छन्। उनले यसअघि पनि महाराष्ट्रका ३५० किसानको ऋण चुक्ता गरिदिएका थिए।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)लाई आफ्ना मुख्य दुई खेलाडी चोट ग्रस्त भएपछि संकट परेको छ। टोलीमा ‘गोल मेसिन’का रूपमा चिनिएका ब्राजिलियन स्टार खेलाडी नेइमार र फ्रान्सका युवा स्टार केलियन एम्बाप्पे एकसाथ घाइते हुँदा पिएसजीमाथि संकट बढेको हो।
अमेरिकाले पाकिस्तानलाई प्रदान गर्दै आएको १६६ करोड डलर सैन्य सहायतामा रोक लगाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि यस्तो निर्णय लिइएको अमेरिकी प्रतिरक्षा विभागको मुख्यालय पेन्टागनले जनाएको छ। पाकिस्तानले आफूसँग लिइमात्रै रहेको तर अमेरिकाका पक्षमा कुनै सहयोग नगरेको भन्दै ट्रम्प प्रशासनले यस्तो निर्णय लिएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...