बुधबार, वैशाख १२, २०८१

अर्थ समिति सशक्त बनाउन उपसमिति बनाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- संघीय संसद अर्थ समितिलाई थप सशक्त बनाउन उपसमितिहरु बनाउने तयारी भइरहेको छ।

बुधबार बसेको समितिको बैठकमा सभापति कृष्णप्रसाद दाहालले अर्थ समितिलाई थप सशक्त बनाउन पाँच उपसमिति बनाउनु पर्ने प्रस्ताव पेश गरेका छन्।‘समितिलाई थप सशक्त र प्रभावकारी बनाउन  नयाँ पाँच उपसमिति बनाउन प्रस्ताव गर्दछु,’ उनले भने ‘ती उपसमितिहरुले समितिमा छलफल हुने सम्बन्धित मुद्धाहरुलाई गहिरिएर अध्ययन गर्नेछन्।’

उनले प्रस्ताव गरेका उपसमितिहरुमा वैदेशिक आर्थिक सम्बन्धि, वित्तीय क्षेत्र व्यवस्थापनको लागि बैंक ता विक्त संस्था, बजेट तथा कार्यक्रम, राजस्व व्यवस्थापन कर र गैर कर, समष्टिगत आर्थिक नीति र कानुन छन्। 

यी पाँच उपसमितिहरु बनाएर अघि बढ्ने हो भने समितिको काम प्रभावकारी हुने उनको बुझाइ छ। उपसमिति सम्बन्धमा अगामि साताभित्र बस्ने अर्को बैठकमा वृहत्त छलफल गरिने भएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्