बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • अस्पताल डिस्चार्जपछिका बिरामीलाई सेवा दिन फेवा केयर होम सञ्चालन

अस्पताल डिस्चार्जपछिका बिरामीलाई सेवा दिन फेवा केयर होम सञ्चालन

पोखरामै पहिलोपटक अस्पताल डिस्चार्जपछिका बिरामीलाई रेसिडेन्सियल तथा डे केयर सेवा प्रदान गर्ने उद्देश्यले फेवा केयर होम प्रालिको स्थापना भएको छ।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं– पोखरामै पहिलोपटक अस्पताल डिस्चार्जपछिका बिरामीलाई रेसिडेन्सियल तथा डे केयर सेवा प्रदान गर्ने उद्देश्यले फेवा केयर होम प्रालिको स्थापना भएको छ। 

triton college

पोखराका विभिन्न अस्पतामा कार्यरत विशेषज्ञ चिकित्सकहरु, २ दशकभन्दा बढी नर्शिङ सेवामा काम गरेकी मेट्रोन, अनुभवी फिजियोथेरापिस्ट, स्वास्थ्य क्षेत्रमा दशकौं लामो समय काम गरेका स्वास्थ्य व्यवसायी, खाना तथा पोषण विज्ञ लगायतकोे संयुक्त पहलमा केयर होमको स्थापना गरिएको हो। 

विशेषगरी अस्पताल डिस्चार्जपछिका बिरामीहरु जसलाई अस्पतालमै भर्ना गरिराख्न पनि आवश्यक छैन र घरमा स्याहार तथा हेरचाहको लागि जटिलता र जोखिम छ, त्यस्ता खालका बिरामीहरुलाई यस सेन्टरमा राख्ने गरिन्छ। त्यसका साथै टाढा–टाढाबाट उपचारका लागि पोखरा आउने बिरामीहरुजसलाई उपचारपश्चात नियमित फलोअपमा अस्पताल गइराख्नुपर्ने हुन्छ, त्यस्ता बिरामीहरु आईजाई गरिराख्न खर्च, समय र जोखिम बढी हुने हुँदा त्यस्ता खालका बिरामीहरुलाई मध्यनजर गर्दै आवासीय स्वास्थ्य सेवा समेत प्रवन्ध गर्न संस्थालाई अगाडि बढाइएको हो।

अस्पताल डिस्चार्ज पछि पनि कतिपय बिरामिहरुको अवस्था नाजुक हुने र त्यस्ता बिरामिहरुलाई घरमा लैजाँदा अवस्था अझ बिग्रन सक्ने हुदाँ बिरामिको अवस्था सामान्य हुदाँसम्मको लागि यस सेन्टरमा राख्न सकिन्छ। 

विशेषगरी अक्सिजन दिइराख्नुपर्ने, ट्रयाकेस्टोमी, बेड शोर, सेरिब्रल पालेसी, नियमित फिजियोथेरापि चाहिने बिरामीहरुले यस सेन्टरमा सेवा लिन सक्नेछन्। प्रालिले जानकारी दिएअनुसार डाक्टरको निगरानीमा २४ सै घण्टा नर्शिङ केयर, कुरुवा बस्न नपर्ने गरी २४सै घण्टा केयरगिभर सेवा, फिजियोथेरापि, ल्याब, खाना तथा बस्ने सुबिधा, सम्पूर्ण ब्यक्तिगत सरसफाइ तथा स्याहार सेवा, दैनिक डाक्टर हेरचाह लगायतको सेवाहरु प्रदान गर्दछ। 

corrent noodles
Metro Mart

यी सम्पूर्ण सेवाहरु घरमै लिँदा बिरामीलाई निकै ठूलो आर्थिक भार पर्ने, जोखिम हुने, बिरामीका आफन्तहरुलाई डर तथा सास्ती हुने हुँदा आर्थिक, सुरक्षा र सहजताका हिसाबले पनि यस संस्था बिरामीहरुको लागि उपयोगी हुने संस्थाका मेडिकल डाईरेक्टर सुदिप रेग्मीले बताए।

यसबाहेक यस केयरहोममा पक्षघात भई पूर्ण तथा आंशिक रुपमा शरीर नचल्ने (प्यारालाईसिस), ज्येष्ठ नागरिक, डिमेन्सिया, पार्केन्सन, बालबालिकाहरुमा हुने अटिजम, अपाङ्गता, स्पोर्ट ईन्जुरी, न्यूरो पुर्नस्थापना,पोष्ट ट्रमा पुर्नस्थापना सेवा लयायत शारीरिक तथा मानसिक दुर्बलता भएका जुनसुकै उमेर समूहका बिरामीहरुले सेवा लिन सक्नेछन्। 

साथै यस फेवा केयरहोमले फिजियोथेरापि सहितको डे केयर सेवा समेत संचालन गरेको छ। 

प्रकाशित: Aug 13, 2021| 16:03 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्