जलान-सुरक्षा गार्डको पोशाकमा रहेका एक नेपाली मलेसियामा मृत अवस्थामा फेला परेका छन् । मलेसियाको जलानमा झाडीभित्र उनको शव फेला परेको मलेसियन प्रहरीले जनाएको छ।
जलानको ट्राफिक लाइट नजिकै उनको शव फेला परेपनि परिचय भने खुलेको छैन । मृतकको नाक, कानबाट रगत बगेको छ भने देब्रे हातको चोरी औलामा चोट लागेको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ ।
हत्या कसले र किन गरेको भन्ने कुनै कारण नखुलेको र मृतकको शनाखतको प्रयास जारी राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४