एजेन्सी- विश्व विजेता फ्रान्सले मंलबार राति भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण फुटबलमा उरुग्वेलाई पराजित गरेको छ । पेरिसमा भएको खेलमा घरेलु टोलीले दक्षिण अमेरिकी देश उरुग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
फ्रान्सको जितका लागि खेलको एक मात्र निर्णाय गोल ओलिभर जिराउडले गरेका थिए । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा एक मात्र गोल भएको थियो । उक्त फ्रान्सको जितका लाग ओलिभरले ५२ औ मिनेटमा गरेका थिए ।
उरुग्वेका खेलाडीले फाउल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै ओलिभरले गोलमा परिणत गरेको थिए । खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका युवा स्टार केलियन एम्बाप्पेले चोट बोकेका थिए । उनले काँधमा चोट बोक्दै खेल मैलदानबाट बाहिरिएका थिए ।
उनी खेलको ३६ औ मिनेटमा काँधको चोट बोक्द मैदान छाडेका थिए । चोटका कारण पाउल पोग्बा र एन्थोनी मार्टियल फ्रान्सेली टोलीमा अनुपस्थित थिए । नेसन्स लिगको फाईनल चरणमा पुग्न असफल भएको फ्रान्सले लिग ’ए’ समूह वानमा दोस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४