शनिबार, वैशाख ८, २०८१

अमेरिकाको सहयोगमा जनकपुरमा युवा प्रशिक्षण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुर- अमेरिकी सहयोगमा प्रदेश नम्बर २ को जनकपुरमा एक वर्षे युवा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।  

अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगोक्रक स्कुल, क्रक इन्स्टिच्युट फर पिस एण्डजस्टिस (IPJ) र काठमाडौंस्थित लीडरशिपएकेडेमीको संयुक्त आयोजनामा सञ्चालित एकवर्षे राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम(Nepali Emerging Leaders Program-NELP) को पहिलो शैक्षिक सत्र सम्पन्न भएको छ। उक्त कोर्ष गत जनवरीमा राजधानी काठमाडौंमा सुरु भएर आज सम्पन्न भएको हो।

जनकपुरमा आयोजित पहिलो दिक्षान्त समारोहमा प्रमुख अतिथि प्रदेश नम्बर दुईका प्रमुख रत्नेश्वरलाल कायस्थ अतिथिहरु सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता अवधेश कुमारसिंह, युनिभर्सिटी अफ सान डिएगो अन्तर्गत आईपीजेका कार्यकारी निर्देशक एन्ड्रयु ब्लुम, आईपीजेका कार्यक्रम अधिकारी ड्यानियलओर्थ, आईपीजेको नेपाल साझेदार लिडरसिप एकेडेमीका अध्यक्ष सन्तोष साहलगायतको उपस्थितिमा सहभागीलाई प्रमाणपत्र तथा ब्याच वितरण गरियो।

कार्यक्रममा प्रदेश नम्बर दुईका प्रमुख रत्नेश्वरलाल कायस्थले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए। यस शैक्षिक सत्रको शुभारम्भ राजधानी काठमाडौंमा भएको थियो भने तीन-तीन महिनाको अवधिमा हिमाल, पहाड र तराई क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको थियो। दोस्रो कार्यक्रम हिमाली क्षेत्र (दोलखा)मा, तेस्रो कार्यक्रम पहाडी क्षेत्र (कास्कीको चिसापानी) मा र चौथो कार्यक्रम तथा दिक्षान्त समारोह(ग्राजुएसन) तराई क्षेत्र प्रदेश नम्बर २ कोजनकपुरमा सम्पन्न भएको हो।

दिक्षान्त समारोहमा प्रमुख अतिथि तथा प्रदेश नम्बर दुईका प्रदेश प्रमुख रत्नेश्वर लालकायस्थले नेतृत्व भनेको समाज र देशलाई नै हाँक्ने व्यक्ति भएकाले आफ्नो समाज तथा देशको परिवेश बुझेर काम नीतिनियम बनाउनुपर्ने बताए। नेपाल जस्तो देशमा नेतृत्व विकास कार्यक्रमको महत्व बढी हुने उनको धारणा छ।

क्रक इन्स्टिच्युट फर पिस एन्ड जस्टिसकाकार्यकारी निर्देशक एन्ड्रयु ब्लुमले आईपीजेइमर्जिङ लिडर्स प्रोग्रामलाई सहयोग गर्न मात्रनभई कार्यक्रमका सहभागीहरुबाट केही कुरासिक्न र अनुभव आदानप्रदान गर्न नेपालआएको बताउनुभयो । नेपालमा सिकेको रअनुभव गरेका कुराहरु आफूले अमेरिका रविश्वका अन्य देशमा पनि पुर्‍याउने उनकोभनाइ थियो। 

क्रक इन्स्टिच्युट फर पिस एन्ड जस्टिसकाकार्यक्रम निर्देशक ड्यानियल ओर्थले नेपाल पनिअमेरिकाजस्तै विविधतायुक्त देश भएको रयसलाई राजनीतिक हतियारको रुपमा नभई सबल पक्षको रुपमा लिनुपर्ने बताउनुभयो ।सहभागीहरुको विविधता नै नेपाली इमर्जिङलिडर्स प्रोग्रामको सुन्दर पक्ष भएको धारणा राखे। सहभागीहरुले एकअर्का समुदायलाई स्वागत गर्दै मिलेर काम गरिरहेको भन्दै उनले खुसी व्यक्त गरे। आफ्नो समुदायको लागि सबैले मिलेर काम गर्ने विश्वासउहाँले व्यक्त गर्नुभयो। 

लिडरसिप एकेडेमीका अध्यक्ष सन्तोष साहलेआईपीजेले स्थापनाकालदेखि नै नेपालमा कामगर्दै आएको स्मरण गर्दै नेपालमा शान्ति स्थापनार प्रजातन्त्रमा आइपीजेको पनि योगदान रहेको बताए। अहिलेको अवस्थामा नेपालीयुवामा नेतृत्व क्षमताको विकास आवश्यकरहेको उहाँको भनाइ थियो। सामाजिक सद्भाव, एकता तथा युवा सहकार्य कार्यक्रमको उद्देश्यरहेको उनले बताए।

सहभागी विद्यार्थीहरुको तर्फबाट बोल्दै पहाडीगोरखा जिल्लाबाट सहभागी विद्यार्थी शरण श्रेष्ठले कार्यक्रम जिवनोपयोगी, विषयवस्तुकेन्द्रित तथा नेतृत्व विकासका लागि उपयोगीभएको बताए। कार्यक्रमबाट सिकेकाकुराहरु आफुनो क्षेत्रमा लागु गर्ने उनले बताए। 

हिमाली जिल्ला सिन्धुपाल्चोकबाट सहभागी विद्यार्थी अनिता लामाले कार्यक्रममा कुनै क्षेत्र, लिंग, वर्ग, पेशाको भेदभाव नगरी विविधतापूर्णतरिकाले सहभागी छनोट गरिएको बताउनुभयो ।आफू हिमाली क्षेत्रको भए पनि पहाडी तथातराई क्षेत्र पनि चिन्न सकेको अनुभव उनले सुनाइन्। कार्यक्रमको माध्यमबाट विभिन्नक्षेत्रको कला संस्कृति, भेषभुषा, रहनसहन आदिसिक्ने अवसर मिलेको उल्लेख गरिन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।