बिहीबार, वैशाख ६, २०८१

संसदीय समितिले सोध्यो : वाइड बडी किनेको कि भाडामा ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-  नेपाल वायु सेवा निगमले ल्याएका दुर्इवटा वाइड बडी विमान खरिद गरेको हो वा भाडामा  भन्‍ने बारेमा संसदीय समितिले चासो देखाएको छ। लेखा समितिको मंगलबारको बैठकमा अधिकांश सांसदहरुले प्रश्‍न गरेका थिए, वाइड बडी भाडामा हो कि किनेको हो ?  यस विषयमा सार्वजनिक रुपमा समेत प्रश्‍न उठेको समितिले छानबिन थालेको छ।

जहाज आएको चार महिनासम्म पनि खरिद गरेको वा भाडा लिएको हो भन्‍ने बारेमा एकिन हुन नसक्नुको पछाडि कमिशनको ठूलो खेल रहेको आशंका गरिएको छ। यसबारेमा पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्‍द्र अधिकारी स्‍वयम पनि स्पष्ट छैनन्। उनले पनि विभिन्न सार्वजनिक कार्यक्रम तथा अन्तर्वातामा पनि  घुमाउरो जवाफ दिंदै आएका छन्।

यसबारेमा लेखा समितिले सरकारसँग स्पष्टीकरण माग गरेको छ। समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव कृष्णप्रसाद देवकोटा, नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल र निगमका कार्यकारी निर्देशक सुगतरत्न कंशकारलाई स्पष्टीकरणको लागि ९ मंसिरमा उपस्थित हुन निर्देशन दिएको छ। 

वाइड बडी ल्याउने प्रक्रिया पारदर्शी नदेखिएको, विमान खरिद गर्नुअघि रणनीतिक साझेदारी कम्पनी नराखेको र रणनीतिक योजना अनुसार काम नगरेको पाएपछि स्पष्टीकरण माग गरिएको समितिका सभापति भरतकुमार शाहले बताए। 

समितिकै असोज १२ गते बसको बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले निगमले ल्याएका  दुई वाइड बडी अन्नपूर्ण र मकालु विमान खरिदको प्रक्रिया र मूल्यमा अनियमितता भएको बताएका थिए। 

विमान खरिदमा साढे ६ अर्ब बराबरको आर्थिक चलखेल भएको बताइएको छ। नेपाल वायु सेवा निगमले कात्तिक २९ गते निगम उच्च वित्तीय जोखिममा रहेको भन्दै स्वेतपत्र जारी गरेको थियो। स्वेतपत्रमार्फत निगमले नगद प्रवाह तथा तिर्नुपर्ने दायित्व ३२ अर्क ८७ करोड रुपैयाँ पुगेको भन्दै सरकारसँग २० अर्ब रुपैयाँ सहायता माग गरेको थियो।  

निगमले खरिद गरिएका भनिएका दुईवटा वाइड बडीहरु ‘अन्नपूर्ण’३३०–२०० असार २४ गते र‘मकालु’३३०-२००  साउन १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागतसहित ल्यान्ड गरिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।