बिहीबार, वैशाख १३, २०८१

राजापा संयोजक फेरिए, नयाँ नेतृत्वमा राजेन्द्र महतो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजक फेरिएका छन्। पार्टी स्थापना भएको करिब एक वर्ष सात महिनासम्म पार्टी अध्यक्ष मण्डलको संयोजक रहेका महन्थ ठाकुरलार्इ विदार्इ गर्दै नयाँ नेतृत्व चयन गरेको छ। 

पार्टीको अध्यक्ष मण्डलको मंगलबार बसेको बैठकले संयोजकमा राजेन्द्र महतोलार्इ बुधबारदेखि लागु हुने गरी जिम्मेवारी दिने निर्णय गरेको हो। ठाकुरलार्इ संयोजकबाट विदाइ गरी महतोलार्इ नेतृत्व सुम्पनुपर्ने पक्षमा अध्यक्ष मण्डलका चार जना देखिएका थिए। अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले राजेन्द्र महतोद्वारा प्रस्ताव गरिएको संयोजक परिवर्तन गर्ने प्रस्तावप्रति असहमति जनाएका थिए। 

छ मधेस केन्द्रित पार्टी एकिकरण हुँदा ७ वैशाख २०७४ मा चक्रिय प्रणालीको आधारमा नेतृत्व परिवर्तन गरिने निर्णय भएको थियो। उक्त निर्णय अनुसार हरेक दुर्इ महिनामा नेतृत्व परिवर्तन हुनुपर्थ्यो। तर, हालसम्म ठाकुरले नै नेतृत्व सम्हाल्दै आएका थिए। 

निर्वाचन आयोगमा पार्टीको विधान बुझाउँदा केन्द्रीय समितिमा रहेका सदस्यहरुबाहेक अन्‍य पदाधिकारी तथा सदस्यको हैसियत खारेज गरिएको छ। मंगलबारको बहुमतको आधारमा गरिएको निर्णयबाट हालै महामन्त्रीमा नियुक्त भएका चार र सहमहामन्त्रीमा नियुक्त भएका तीन जनाको हैसियत समेत राजपाले खारेज गरेको छ। 

यसअघि राजपाले केन्द्रीय कार्यालयका सम्पूर्ण कर्मचारीहरुलार्इ बर्खास्त गरेको थियो। 

थप पढ्‍नुस्, 
राजपामा भाँडभैलो, ‘कार्यकर्ताले नै गरे राजेन्द्रको विरोधमा नाराबाजी’

कसरी बने फोरमका कार्यकर्ता राजपाका महामन्त्री

राजपाको कार्यलयमा भ्रष्टाचार काण्ड : सबै कर्मचारीलाई हटाइयो

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।