बुधबार, वैशाख १२, २०८१

नेताका नामका प्रतिष्ठानको नाम परिवर्तन गर्न सरकारको ध्यानाकर्षण

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेताका नामका प्रतिष्ठानहरूको नाम परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेताका नामका प्रतिष्ठानहरूको नाम परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

triton college

शुक्रबार प्रतिनिधिसभा बैंठकको शून्य समयमा बोल्दै सांसद सुवालले समाज सुसंस्कृत नभएसम्म कांग्रेस र कम्युनिष्ट नेताहरुको नाममा खोलिएका प्रतिष्ठान स्थापनाको उद्येश्य पूरा नहुने भन्दै परिवर्तन गर्न सुझाव दिएका हुन्।   

‘वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय, गणेशमानसिंह प्रतिष्ठान, मनमोहनको नाममा खोलिएका प्रतिष्ठानहरु पनि नाम अनुसार काम नभएको सरकारी बजेट प्राप्त गरी बाँडचुँड गर्नमा सीमित भएको जनगुनासो छ,’ उनले भने, ‘अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार र अनियमितताका कारण प्रतिष्ठानमात्रै होइन, बीपी कोइरालाकै बदनाम भएको छ।’

उक्त प्रतिष्ठान सबैभन्दा बढी धर्ना, हड्ताल र तालाबन्दी हुनेमा परेको उनले बताए। ‘नेपाली कांग्रेस बीपीको साहित्य र आदर्शबारे प्रचार नगरी नेताको नाममा प्रतिष्ठान खोलेर सरकार बजेट बाँडचुँड गर्नेतर्फ लागेको जनगुनासो छ,’ उनले भने ।

प्रकाशित: Aug 13, 2021| 14:09 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...