बुधबार, वैशाख १२, २०८१

नेविसंघमा सामूहिक राजीनामाको तयारी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको आधारमा नेपाल बिद्यार्थी संघको म्याद दुई महिना मात्र थप्ने गरी बिधानमा संशोधन गरेपछि संघका बहुमत केन्द्रीय सदस्यहरुले राजीनामा दिने तयारी गरेका छन्।

सभापति देउवालाई बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्वसहमहामन्त्री अर्जुनरसिंह केसीले केन्द्रीय समिति बैठकमा नेविसंघका बर्तमान केन्द्रीय समितिको म्याद कम्तिमा ६ महिना थप गर्न सु्झाव दिएका थिए। तर, शीर्ष नेताको सुझावलाई बेवास्था गर्दा नेविसंघका अधिकांस केन्द्रीय सदस्यहरु राजीनामा दिने पक्षमा उभिएका हुन्।

नेविसंघ अध्यक्ष नैनसिंह महरसहित केन्द्रीय समितिका अधिकांस पदाधिकारी र सदस्यहरुले ६ महिनाभन्दा कम समय दिएमा महाधिवेशनको तयारी गर्न सम्भव नहुने भन्दै नेतृत्वलाई सुझाव दिएका थिए। २ महिना मात्र म्याद थप गरिए महाधिवेशन गर्न सम्भव नहुने र आफू पनि राजिनामा दिने जनाएका महर हाल सम्पर्कमा आउन चाहेनन्। 

दुई महिनाको तयारीमा महाधिवेशन सम्भव नहुने भएपछि पदमा बस्नु भन्दा राजीनामा दिने तयारीमा अधिकांस बिद्यार्थीहरु लागेको केन्द्रीय सदस्य शुसील भट्टले नेपाल समयलाई बताए। बिद्यार्थीहरुबीच मंगलबार १२ बजेसम्म पार्टीका केही नेताहरुसँग सल्लाहमा वर्तमान केन्द्रीय समितिका अधिकांस पदाधिकारी र सदस्यले राजिनामा दिने बिषयमा छलफल गरिरहेका छन्।

देउवाले नेविसंघको दुई महिना मात्र म्याद थप गर्ने निर्णयप्रति असन्तुष्ट बनेका नेता पौडेल र सिटौलानिकटका बिद्यार्थीहरुले मंगलबार १२ बजेसम्म सल्लाह गरेर राजीनामा दिने तयार गरिरहेको छन्। नेता पौडेल निकटका केही पदाधिकारीले सल्लाह र छलफल वाँकी रहेको भन्दै आलटाल गरिरहेका छन्। तर, सिटौला पक्षधर पदाधिकारी र केन्द्रीय सदस्यहरु भने भोली नै राजीनामा दिने तयारीमा जुटेका छन्। 

आगामी २८ मंसिरदेखि ३ पुससम्म काठमाडौंमा हुने महासमिति बैठकमा नेविसंघको बिबाद नचर्कियोस भन्ने उदेश्यले नेतृत्वले बर्तमान नेविसंघको नेतृत्वलाई निरन्तरता दिएको सभापति निकट एक केन्द्रीय सदस्यले बताए। दुई महिना भित्र नेविसंघको महाधिवेशन हुन नसक्ने यथार्थ केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यलाई थाहा भए पनि सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेपछि कसैले बिरोध गर्न नसकेको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए।

नेविसंघको दुई महिनाभित्र गर्नु पर्ने महाधिवेशनको तयारीमा जुट्न केन्द्रीय समितिको बैठक बोलाउनुको सट्टामा अध्यक्ष महर सोमबार नै सूदुरपश्चिम तिर लागियो भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेर बसेका छन्। महाधिवेशनको लागि विगतमै सहमति भए बमोजिम जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि पठाउन वाँकी छ। केन्द्रीय कार्यालयले निर्देशन दिए बमोजिम बिजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम निकटका बिद्यार्थीलाई सदस्यता दिन र अधिवेशनमा सहभागी गराउन वाँकी छ। 

हालसम्म कुनै पनि जिल्लाको अधिवेशन भएका छैनन्। पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघको महाधिवेशन दुई महिना भित्र गरिसक्ने गरी म्याद थप गरेपनि संस्थापन पक्षकै नेताहरु असन्तुष्ट बनेका छन्। संस्थापन पक्षकै नेताहरु महरलाई नेतृत्व मान्नु भन्दा अन्य पदाधिकारीको नेतृत्वमा तदर्थ समिति बनाउने योजनामा थिए । 

दुई महिनापछि गठन हुने सम्भावित तदर्थ समितिको गृहकार्यमा संस्थापन र संस्थापनइतरका नेताहरु समेत जुटेका छन्। नेविसंघका अधिकांसले राजिनामा दिएपछि अप्ठ्यारोमा पर्ने महरले राजीनामा गरे वा दुई महिनापछि बन्ने तदर्थ समितिको संयोजक बन्न बिद्यार्थी नेताहरुको दौडधुप समेत चलेको छ।

सभापति देउवाले डा. आरजु राणा देउवाको सल्लाहमा उपाध्यक्ष पुष्पकुमार शाहीलाई अघि सारेका छन भने उपाध्यक्ष बिमलेन्द्र निधिले महामन्त्री सरोज थापालाई अघि सारेका छन्। सहमहामन्त्री डा.प्रकाशशरण महतले भने सहमहामन्त्री प्रेमराज शाही र बालकृष्ण खाँडले सहायक महामन्त्री प्रकाश घिमिरेलाई अघि सारेका छन्। 

तदर्थ समितिको संयोजक भएर महाधिवेशन गर्न तयरी गर्न सक्ने भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले दीपक भट्टराई, हिमालदत्त श्रेष्ठमध्ये एकलाई अघि सारेका छन्। महामन्त्री डा. शशांक कोइरालाले उर्मिला थपलियालाई संयोजक बनाउने योजना बनाएका छन् भने नेता कृष्णप्रसाद सिटौलाले कुन्दनराज काफ्लेलाई अघि सार्ने भएका छन्।

३२ बर्ष उमेर नकाटेका बिद्यार्थीलाई मात्र तदर्थ समितिको संयोजक बनाउने निर्णय भएमा सिटौला समूहबाट शुसील भट्टको सम्भावना देखिन्छ। ३२ बर्षे उमेर हद लागू नभएमा प्रवक्ता विश्वप्रकाश शर्मा, नविन्द्रराज जोशी, प्रदीप पौडेल र गगन थापाबीच मनोजमणी आचार्यलाई अघि सार्ने तयारी भएको छ। उनीहरुको यस्तो प्रसतावलाई महामन्त्री शशांक कोइरालाले समेत स्वीकारेको स्रोतले बतायो। 

आगामी फागुन १४ गते हुने स्ववियू निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्न पनि नेविसंघका सबैले मान्ने बरिष्ठ नेताको खोजी भइरहँदा आचार्यले पनि दौडधुप बढाएका छन्। मनोजमणी आचार्यलाई शर्मासहित संस्थापनइत्तर पक्षले अघि सारे देउवाले भने ऋषीकेशजंग शाहलाई अघि बढाउन खोजेका छन्।

दुई महिना भित्र नेविसंघको महाधिवेशन हुन नसक्ने भन्दै महामन्त्री डा. शशांक कोइरालाले सोमबार सुशील कोइराला मेमोरियल फाउण्डेसनको कार्यक्रममा स्पस्ट पारिसकेका छन्। संस्थापनइत्तर पक्षका शीर्ष नेताबीच केन्द्रीय सदस्य सुजाता कोइरालाको निवासमा भएको बैठकमा समेत देउवाले पेलेर गएमा नेविसंघको समानान्तर समिति बनाएर अघि बढ्ने गोप्य सहमति भइसकेको छ। 

महामन्त्री कुन्दनराज काफ्लेसहित ३५ केन्द्रीय पदाधिकारी र सदस्यहरुले राजिनामा पत्रमा हस्ताक्षर गरिसकेका छन् भने अन्य ४५ जनाले हस्ताक्षर गर्ने विश्वास लिएको एक केन्द्रीय सदस्यले नेपाल समयलाई बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।